१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा तुल बहादुर तामाङ विजयी

नेतृत्व चयनको लागि भएको निर्वाचनमा प्रतिस्पर्धी सम्शेर योन्जनलाई पराजीत गर्दै तुल बहादुर तामाङ अध्यक्ष चयन भएका हुन् ।
तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा तुल बहादुर तामाङ विजयी


न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा तुल बहादुर तामाङ विजयी भएका छन् । सोसाइटीको यही मार्च १६ मा भएको १२ औं अधिवेशनले तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 
नेतृत्व चयनको लागि भएको निर्वाचनमा प्रतिस्पर्धी सम्शेर योन्जनलाई पराजीत गर्दै तुल बहादुर तामाङ अध्यक्ष चयन भएका हुन् । अध्यक्ष पदका प्रत्यासी तामाङले २५४ र योन्जनले २३८ मत ल्याएका थिए । यसैगरी बरिष्ट उपाध्यक्षमा तामाङ पक्षकै सन्तबहादुर तामाङले २४३ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी सुनिल लामाले २३९ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा धुतराज तामाङ २४८ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी भीम स्याङदानले २३६ मत ल्याएका थिए । महिला उपाध्यक्षमा भने योन्जन पक्षका उमा तामाङले २४१ मत ल्याएर विजयी हुँदा मैया तामाङले २३७ मत मात्र ल्याएका थिए । 
महासचिवमा चाँदनी लामा २५९ मत सहीत विजयी भएका छन् । उनकी प्रतिद्धन्दी निमा बम्जनले २३० मत ल्याएका थिए । यस्तै सचिवमा २५५ मतले राजु लामा निर्वाचित हुँदा प्रतिद्धन्दी निमा तामाङले भने २२९ मत ल्याएका थिए । यस्तै महिला सचिवमा सोनिया मोक्तान २४१ म्त ल्याई निर्वाचित हुँदा सरस्वती तामाङ २३९ मत ल्याएर पराजीत भएका छन् । 
निर्वाचन परिणाम अनुसार कोषाध्यक्षमा २४६ मत ल्याएर विष्णु तामाङ निर्वाचित भएका छन् भने प्रतिस्पर्धी देवराज तामाङले २३५ मत ल्याएका थिए । यस्तै सह–कोषाध्यक्षमा निरुतारा योन्जन २५० मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी साङ डुप्पा लामा २३० मत ल्याएका थिए । कार्यसमिति सदस्यमा सानु मोक्तान भने निर्विरोध भएका छन् ।      

 

प्रतिक्रिया