१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

न्युयोर्क सिटीमा चिसोबाट पाँच जनाको मृत्यु, दशवटा न्यानो सेल्टर स्थापना गरेको मेयर माम्दानीद्धारा जानकारी(भिडियो सहीत)

शहरको जनजीवन प्रभावित हुने गरी आएको हिमआँधीको अघिल्लो दिन शहरका विभिन्न स्थानहरुमा पाँचजनाको मृत्यु भएको न्यूयोर्क सिटीका मेयर जोह्रान माम्दानीले जानकारी दिए ।
न्युयोर्क सिटीमा चिसोबाट पाँच जनाको मृत्यु, दशवटा न्यानो सेल्टर स्थापना गरेको मेयर माम्दानीद्धारा जानकारी(भिडियो सहीत)


न्युयोर्क । न्यूयोर्क सिटीमा अत्याधिक चिसोका कारण पाँच जनाको मृत्यु भएको छ। शहरको जनजीवन प्रभावित हुने गरी आएको हिमआँधीको अघिल्लो दिन शहरका विभिन्न स्थानहरुमा पाँचजनाको मृत्यु भएको न्यूयोर्क सिटीका मेयर जोह्रान माम्दानीले जानकारी दिए । 
मृत्यु हुनुको कारण स्पष्ट नभएपनि शनिबार शहरमा पाँचजना मृत अवस्थामा भेटिएको उनले जानकारी दिएका छन् ।

शहरको जनजीवन नै प्रभावित हुने गरी आएको हिमआँधीको सुरक्षा तयारी बारे जानकारी दिन आइतबार मध्यन्न आयोजित पत्रकार सम्मेलनमा मेयर माम्दानीले न्यूयोर्कबासीलाई चिसोबाट बचाउनका लागि पाँचवटै बोहोहरुमा २÷२ वटा न्यानो केन्द्रहरु स्थापना गरिएको जानकारी दिए । विषेश गरी होमलेस नागरिकहरु चिसोबाट गम्भीर रुपमा प्रभावित बनेको भन्दै उनले पब्लिक स्कुलमा स्थापना गरिएको न्यानो केन्द्रमा सुरक्षित रहन आग्रह गरेका छन् । 
चिसोबाट बचाउन आवश्यक नागरिकहरुलाई न्यानो केन्द्रमा पुर्याउन उनले सबैलाई आग्रह समेत गरेका छन् । हिमआँधीका कारण सोमबार सार्वजानिक विद्यालयहरु बन्द गरेको र रिमोट लर्निङ विधिबाट पढाइने पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनको अवसरमा दिइएको जानकारीहरु तलको भिडियोमा हेर्न सकिनेछ । 

 

प्रतिक्रिया