०९ असार २०८२, सोमबार
Mon, Jun 23, 2025
SUBSCRIPTION

मुक्कुम्लुङमा केवलकार बनाउने निर्णय फिर्ता लिन माग गर्दै फिप्नाद्धारा प्रधानमन्त्रीको ध्यानकर्षण

मुक्कुम्लुङमा केवलकार बनाउने निर्णय फिर्ता लिन माग गर्दै फिप्नाद्धारा प्रधानमन्त्रीको ध्यानकर्षण

 

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ताप्लेजुङस्थित मुक्कुम्लुङमा केवलकार बनाउने निर्णय फिर्ता लिएर स्थानियहरूको मागलाई सम्बोधन गर्दै स्थानियहरूको सल्लाहमा अगाडी बढ्न नेपाल सरकारसँग माग गरेको छ। 

फिप्नाले नेपाली महावाणिज्यदुतावास न्यू योर्कका कार्यवाहक महावाणिज्यदुत चक्र सुवेदीमार्फत ज्ञापनपत्र बुझाउँदै केबलकार निर्माण गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री माग  तथा नेपाल सरकारसँग माग गरेको हो। किरात समुदायको महत्वपूर्ण धार्मिक तथा साँस्कुतिक आस्थालाइ प्राकृतिक स्वरूपमा नै राख्नुपर्ने माग गर्दै नेपाल सरकार तथा मन्त्री परिषदको ध्यानाकर्षण गराएको हो।

फिप्नाले बुझाएको ज्ञापनपत्रमा भनिएको , अहिले नेपालको पूर्वी जिल्ला ताप्लेजुङ तनावग्रस्त , यसो हुनुको कारण त्यसक्षेत्रका स्थानिय आदिवासी लिम्बु समुदायको मुन्धुमी आस्थाको रूपमा पुज्ने मुकुकमलुङ (पाथीभरा) देवीमा दर्शन गर्न जानका लागी केवलकार निर्माण गर्ने वा नगर्ने भन्ने विषय हो। मुकुम्लुङ भन्ने वित्तिकै लिम्बुहरूको पवित्र तिर्थस्थलको रूपमा पुज्ने गरिन्छ। यसरी आफ्नो सबैभन्दा पुजनिय देवीलाई टाढैबाट सेवाढोग गर्नुपर्छ, यसलाई छुन चलाउन वा यस क्षेत्रमा कुनै पनि मानवनिर्मित भौतिक निर्माणहरू गर्नु हुदैन भन्ने विश्वास छ। लिम्बुहरू प्राकृतिक पुजक भएकोले यो मुकुम्लुङ (पाथीभरा) पर्वत लाई प्राकृतिक स्वरूपलाई राख्नुपर्छ भन्ने तर्क राख्दछन् ज्ञापनपत्रमा भनिएको , मुकुम्लुङलाई लिम्बुहरू( प्राकृतिक पुजक) ले मात्र नभएर बुद्विष्ठ हिन्दुहरूले पनि श्रदापूर्ण यस देवीको पुजा आरधना गर्ने यसलाई दैविक शक्तीको रूपमा लिने गर्दछन् नेपाल विश्वभर रहेका किराँत, बुद्विष्ट , हिन्दुहरूको प्रमुख तिर्थस्थलमध्ये मुक्कुमलुङ पाथीभरा रहेको  

फिप्नाका अध्यक्ष तोरण गुरुङ, महासचिव दिपक चौधरी सल्लाहकारहरु टेक गुरुङ, कुलदिप रानामगर, केशबराम राई, फिप्नाका पूर्व अध्यक्ष तथा नेपाली समाज अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिपक थेवे, फिप्नाका कोषाध्यक्ष कृष्णमाया महजर्न, मगरसंघ अमेरिकाका मान थापा सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो नेपाल सरकारले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएर पनि आदिवासी जनजातिको सभ्यता, पहिचान, भाषा, संस्कार तथा धार्मिक आस्थामाथि प्रहार गर्दै स्थानिय आदिवासी समुदायको स्वीकृति बिना केबलकार निर्माण गर्ने निर्णय गरेर आदिवासीको अधिकारको उलंघन गरेको भन्दै घोर आपत्ति जनाएको छ।
फिप्नाले बुझाएको ज्ञापनपत्र जस्ताको तस्तै । 

 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू