०९ असार २०८२, सोमबार
Mon, Jun 23, 2025
SUBSCRIPTION

कतै तपाईँको व्यक्तिगत विवरण त चुहिएको छैन?

कतै तपाईँको व्यक्तिगत विवरण त चुहिएको छैन?
कतै तपाईँको व्यक्तिगत विवरण त चुहिएको छैन?

 

  • मेन अटोर्नी जनरल कार्यालयले सोसल सेक्युरिटी नम्बर, इमेल एड्रेस, मेलिङ एड्रेस, फोन नम्बर चुहिएको  जनाएको छ। 
  • लाखौं अमेरिकीको आर्थिक सुरक्षा खतरामा
  • नियमित ब्याङ्क तथा वित्तीय कारोबार हुने खाता चेक गर्नुहोस्।
  • आफ्नो खाताबाट अनधिकृत गतिविधि भए तत्काल वित्तीय संस्थालाई खबर गर्नुहोस्।
  • ‘फ्रि क्रेडिट रिपोर्ट’ प्राप्त गर्नुहोस्।
  • आफ्नो क्रेडिट फाइलमा ‘फ्रि फ्रड अलर्ट’ राख्नुहोस्।

एजेन्सी। नेशनल पब्लिक डेटाले १३ लाख मानिसको नीजि विवरण चुहिएको स्वीकारेको छ। मानिसको नीजि विवरण चुहिएको भन्दै मुद्धा दायर भएपछि नेशनल पब्लिक डेटाको यस्तो स्वीकारोक्ति आएको हो। 

मेन राज्यको अटोर्नी जेनरलको कार्यालयले आफ्नो वेवसाइटमा नेशनल पब्लिक डेटाका अध्यक्ष साल भेरिनीले १३ लाख मानिसको नीजि विवरण चुहिएको स्वीकारेको विवरण राखेको छ। त्यसमध्ये दुई हजार ७६० मानिस मेनका भएको वेबसाइटमा उल्लेख छ। 

जेरिको पिक्चर्स इंकको स्वामित्व रहेको नेशलन पब्लिक डेटाले आफ्नो वेबसाइटमा ‘सेक्युरिटी इन्सिडेन्ट’ भन्दै सूचना राखेको छ। त्यसमा ‘तपाईँको केही व्यक्तिगत सूचना चुहिएको हुन सक्ने’ भनिएको छ। तर, कति जना मानिसको व्यक्तिगत विवरण चुहिएको भन्ने उल्लेख छैन। सञ्चार माध्यमहरुमा संयुक्त राज्य अमेरिका, क्यानडा र बेलायतका करिब दुई अर्ब ९० करोड मानिसको नीजि विवरण चुहिएको हुन सक्ने भन्दै समाचार आएको थियो।

नेशनल पब्लिक डेटा र मेन अटोर्नी जनरलको कार्यालयले सोसल सेक्युरिटी नम्बर, इमेल एड्रेस, मेलिङ एड्रेस, फोन नम्बर चुहिएको जनाएको छ। यी यस्ता सूचना हुन् जसका आधारमा तपाईँको परिचय चोरी गर्न सकिन्छ। उदाहरणका यी सूचनाका आधारमा तपाईँको नाममा ब्याङ्क खाता खोल्न र ऋण लिन सकिन्छ। उक्त खाताबाट अवैध कारोबार गर्न सकिन्छ। र, अरु कसैले तपाईँको ब्याङ्क खाताको ‘पासवर्ड’ परिवर्तन गरि पैसा निकाल्न सक्छ।

मेन अटोर्नी जनरलको कार्यालयले नीजि विवरण चोरी भएका सबै मेनबासीलाई सतर्क रहन सूचना पठाएको छ। उक्त सूचनामा सर्बप्रथम आफ्नो आर्थिक खाताबाट हुने गतिविधि नियमित नियाल्न र अनधिकृत गतिविधि भए तत्काल आफ्नो ब्याङ्क वा वित्तीय संस्थालाई खबर गर्न भनिएको छ। 

दोस्रो, उक्त सूचनामा इक्विफ्याक्स, एक्स्पेरियन र ट्रान्सयुनियन जस्ता क्रेडिट रिपोर्टिङ एजेन्सीलाई सम्पर्क गरि ‘फ्रि क्रेडिट रिपोर्ट’ प्राप्त गर्न भनिएको छ। त्यसका लागि (८७७) ३२२–८२२८ मा फोन गर्न वा एनुवल क्रेटि रिपोर्ट  डट कममा लग इन गर्न भनिएको छ। 

सूचनामा आफ्नो क्रेडिट फाइलमा ‘फ्रि फ्रड अलर्ट’ राख्न सुझाइएको छ। ‘फ्रि फ्रड अलर्ट’ राखेपछि आफ्नो नाममा नयाँ खाता खोलिन लागे वा भएको खातामा केही परिवर्तन हुन लागे त्यस अघि क्रेडिटरले तपाईँलाई सम्पर्क गर्छन्। ‘यी तीन मध्ये कुनै एउटा क्रेडिट ब्युरोलाई सम्पर्क गर्नुहोस्,’ नेशनल पब्लिक डेटा र मेन अटोर्नी जनरलको कार्यालयको सूचनामा उल्लेख छ, ‘थप जिज्ञासा भए नेशनल पब्लिक डेटालाई सम्पर्क गर्नुहोस्।’ दुवै सूचनामा सम्पर्क गर्ने फोन नम्बर र वेबसाइट उपलब्ध गराइएको छ।

गत डिसेम्बरमा युएसडिओडी नामक ह्याकर समुहले ३५ लाख डलरमा अर्ब ९० करोड मानिसका नीजि विवरण बेच्ने सूचना प्रकाशन गरेको थियो। अप्रिल २०२३ मा जारी सूचनामा ती विवरण नेशनल पब्लिक डेटाबाट लिइएको र चार टेराबाइट भएको जनाइएको थियो। 

प्रतिक्रिया