न्यूयोर्क।मेयर–निर्वाचित जोहरान मामदानीले नयाँ वर्ष (जनवरी १) मा हुने आफ्नो शपथग्रहण समारोहको योजना सार्वजनिक गरेका छन्।
त्यस अनुसार, उनको शपथग्रहण सिटी हलका सिँढीमा दिउँसो १ बजे हुनेछ। त्यसमा करिब ४ हजार मानिस सहभागी हुनेछन्। उनी सँगै पब्लिक एड्भोकेट-निर्वाचित जुमानी विलियम्स र कम्प्ट्रोलर-निर्वाचित मार्क लेभिनले पनि सपथ ग्रहण गर्नेछन्। साथै उनले ‘क्यान्यन अफ हिरोज’ मा सार्बजनिक सपथ ग्रहण गर्नेछन जसमा ब्रडवेमा लिबर्टी स्ट्रिटदेखि मरे स्ट्रिटसम्म १० औं हजार मानिस सहभगी हुन सक्नेछन्।
संक्रमण टोलीका अनुसार सार्बजनिक सपथ ग्रहणमा हुनेछ।
मामदानीले एक वक्तव्यमार्फत यो कार्यक्रम “हामीले निर्माण गरेको आन्दोलन र जितेको जनादेशको उत्सव” भएको उल्लेख गर्दै कामकाजी न्यूयोर्कवासीहरूलाई ‘नयाँ युग’ स्वागत गर्न सहभागी हुन आह्वान गरेका छन्।
शपथग्रहणसँगै मामदानी न्यू योर्क सिटीका १११औँ मेयरका रूपमा पदस्थापित हुनेछन्।








प्रतिक्रिया