न्यूयोर्क । विश्वको आर्थिक राजधानी न्यूयोर्क सिटीको म्यानहटन शहरमा नेपाली विविधता र पहिचानले भरिएको नेपाल डे परेड आयोजना भएको छ । नेपालको विविध संस्कृति र सम्पदालाई विश्व सामु परिचित गराउने उदेश्यले न्यू योर्क सिटीको म्यानह्याटन शहरमा आज दिउसो नेपाल डे परेडको आयोजना भएको हो ।याली परेडको क्रममा नेपाली कला, भेषभुषा तथा साँस्कृतिक झाँकीसहीतको र्याली आयोजना भएको हो ।

दिउँसो १ बजेबाट शुरु भएको परेड दिउसो साँढे दुईबजे समारोहमा परिणत भएको छ । म्यानहटन सिटीको ३८ स्ट्रिट र म्याडिसन एभिन्यूबाट सुरू भएको परेड २४ स्ट्रिटसम्म पुगेर अहिले औपचारिक समारोहमा परिणत भएको हो ।

परेडपछि विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने परेड आयोजक गैर आवसीय नेपाली संघ न्यूयोर्क र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले जनाएका छन् ।






प्रतिक्रिया