१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

न्यू योर्कमा रहेका लिम्बु समुदायले मनाए चासोक तङनाम

न्यू योर्कमा रहेका लिम्बु समुदायले मनाए चासोक तङनाम

न्यू योर्क। न्यू योर्कमा रहेका लिम्बु समुदायले लिम्बु जातिहरुको प्रमुख साँस्कृतिक पर्व चासोक तङनाम २०२५ विभिन्न साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न गरेको  

किरात याक्थुङ चुम्लुङ अमेरिकाले डिसेम्बर २० तारिख एक कार्यक्रम गरी चासोक तङ्नाम बनाएको हो कार्यक्रममा समुदायका सदस्यहरू सहभागी भई आफ्नो संस्कृति, परम्परा एकतालाई सम्मान गर्दै विभिन्न साँस्कृतिक प्रस्तुितहरु गरेका थिए  

कार्यक्रमकी प्रमुख अतिथि आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष इन्दिरा चोङबाङले चासेका तङ्नामको शुभकामना व्यक्त गर्दै कार्यक्रममा निमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गरिन्। कियाचुले अमेरिकामा रहेर पनि भाषा धर्म, संस्कार संस्कृति जगेर्ना गर्नको लागि निरन्तर गरिरहेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्  

किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सदस्यहरु तथा कार्यसमिति सदस्यहरु, कलाकारहरु तथा उपस्थित सबै अतिथीहरुलाई चासोक तङ्नामको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरे

युवा कलाकारले लिम्बुहरुको संस्कृति झल्कने च्याबु्रङ बजाएर केलाङ नाचे पछि कार्यक्रमको माहौल थप उल्लासमय भएको थियो  

कार्यक्रमको विशेष आकर्षणको रूपमा भ्वाइस नेपाल किड्सकी उपविजेता रुक्साना लिम्बुको प्रस्तुति बिशेष रहेको थियो उनले विभिन्न सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए  

चासोक तङनाम लिम्बु समुदायको प्रमुख कटनी, बाली भित्र्याउने पर्व हो। यो  पर्वमा सफल बाली, राम्रो स्वास्थ्य तथा समृद्धिका लागि लिम्बुहरुको देवता तागेरा निङ्वाफुमा प्रति कृतज्ञता व्यक्त गर्ने प्रचलन रहेको यो पर्व प्रकृतिसँगको सामञ्जस्य, सांस्कृतिक निरन्तरता तथा समुदायबीचको एकताको प्रतीकको रुपमा लिने गरिएको  

कार्यक्रम कियाचुका पूर्व अध्यक्ष सुमन थाम्सुहाङले सञ्चालन गरेका थिए कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधीहरु सहभागी थिए  

न्युयोर्कमा सम्पन्न चासोक तङनाम २०२५ ले विदेशमा रहेका लिम्बु समुदायबीच सांस्कृतिक गौरव, पुस्तान्तरण तथा एकताको भावना अझ सुदृढ बनाउने आयोजकको विश्वास  

प्रतिक्रिया