२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

श्रम कानुन उल्लङ्घन मुद्दामा स्टारबक्सले ३९ मिलियन डलर तिर्न सहमत

श्रम कानुन उल्लङ्घन मुद्दामा स्टारबक्सले ३९ मिलियन डलर तिर्न सहमत

 

न्यू योर्क। न्यू योर्क शहरको श्रम कानुन उल्लङ्घन मुद्दामा स्टारबक्सले ३९ मिलियन डलर तिर्न सहमति गरेको छ। स्टारबक्सले कर्मचारीलाई स्थिर निश्चित कामसूची नदिएको कारण यो सम्झौता गरिएको न्यू योर्क टाइम्सले जनाएको   नवनिर्वाचित मेयर जोहरान माम्दानीले ब्रुकलिनमा भइरहेको  स्टारबक्स कामदारहरूको आन्दोलनमा पनि समर्थन जनाएका थिए।

मेयर एरिक एडम्सले करिब ३८. मिलियन डलरको यो सम्झौता सार्वजनिक गरे, जसलाई न्यूयोर्क सिटीकै सबैभन्दा ठूलो श्रमिकसुरक्षा सम्झौता मानिएको छ।
न्यू योर्क टाइम्सका अनुसार सिटीकोउपभोक्ता तथा श्रमिक संरक्षण विभागका अनुसार, २०२१ पछि स्टारबक्सले लाखभन्दा धेरै चोटि कर्मचारीलाई स्थिर समयसूची नदिई कानुन उल्लङ्घन गरेको पत्ता पत्ता लगाएको छ।

यस अन्तर्गत १५,००० भन्दा बढी घण्टे कर्मचारीले क्षतिपूर्ति पाउनेछन्। धेरै वर्षदेखि कामदारहरूले अनियमित समयसूची, कम गरिएको कामको घण्टा, निश्चित तालिका नपाएको गुनासो गर्दै आएका थिए।
सिटीले, स्टारबक्सले सयभन्दा बढी शाखामा मनपरी ढंगले तालिका घटाएको कामदारको अधिकारभन्दा बढी नाफालाई प्राथमिकता दिएको उल्लेख गरेको छ।

मेयर एडम्सले भने, यो सम्झौताले लाखौँ डलर कामदारहरूको हातमा फर्काउने उनीहरूको स्थिर तालिका, पूरा घण्टा तथा सम्मान पाउने अधिकारलाई मजबुत बनाउनेछ।

न्यायोचित कार्यसप्ताह कानुन सन् २०१७ मा लागू भएको हो। यस अनुसार फास्टफुड कम्पनीहरूले हरेक हप्ता एकनासको नियमित तालिका दिनुपर्ने, कम्तीमा १४ दिन अगाडि तालिका उपलब्ध गराउनु पर्ने, उचित कारण बिना १५% भन्दा धेरै घण्टा कटौती  नगरी परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ।

स्टारबक्सले भने यो कानुन व्यवसायका लागि जटिल भएको जनाएको छ। उनीहरूको भनाइमा उल्लङ्घन तलब रोक्ने वा पैसा नदिने उद्देश्यले नभई केवल कानुनी प्रक्रिया नपुगेको कारण भएको हो।

पदबाट हट्दै गरेका मेयर एडम्सले पहिले नै कामदारहरूको पक्षमा आवाज उठाउँदै आएका छन्।
नवनिर्वाचित मेयर माम्दानीले पनि उच्च तलबको माग गर्दै गरेका युनियन कामदारहरूको आन्दोलनमा समर्थन जनाएका छन्।

प्रतिक्रिया