न्यू योर्क। ट्रम्प प्रशासनले न्यूयोर्क सहरका आठ जना आप्रवासन न्यायाधीशलाई कामबाट हटाएको छ।
यसअघि पनि न्यूयोर्कका आप्रवासन अदालतहरूमा कर्मचारी कटौती भएको थियो । अहिले देशभरै यस्तो परिवर्तन भइरहेको छ, किनकि राष्ट्रपति देशनिकाला प्रक्रिया छिटो बनाउन खोजिरहेका छन्।
यी बर्खास्तीहरूको पुष्टि आप्रवासन न्यायाधीशहरूको संघका एक अधिकारीले र न्याय विभागका एक अधिकारीले ( नाम नबताउन सर्तमा) पुष्टि गरेको न्यू योर्क टाइम्सले जनाएको छ । आप्रवासन अदालतहरू न्याय विभागको मातहतमा छन्।
सवै न्यायाधीशहरूलाई २६ फेडरल प्लाजास्थित आप्रवासन अदालत कार्यालयबाट हटाइएको हो । त्यही भवनमा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को न्यूयोर्कको मुख्य कार्यालय पनि रहेको छ, र हाल न्यू योर्क सहर आप्रवासी पक्राउ पर्ने प्रमुख स्थान बनेको छ। हटाइएका आठ जना मध्ये अमिएना ए. खान पनि परेका छन्। खान कार्यालयकी सहायक प्रमुख न्यायाधीश हुन् ।
न्यू योर्क टाइम्सका अनुसार यसअघि, यो वर्ष देशभर करिब ९० जना न्यायाधीश हटाइएका थिए, जसमा न्यूयोर्कका छ जना समेत थिए। देशभर करिब ६ सय आप्रवासन न्यायाधीश छन् । संघका अधिकारीहरूले भनेका छन् कि हटाइएका मध्ये ३६ जनालाई फेरि नयाँ नियुक्तिले प्रतिस्थापन गरिसकिएको छ, जसमा न्यूयोर्कका दुई जना रहेका छन् ।
आजको बर्खास्तीले २६ फेडरल प्लाजामा ठूलो कर्मचारी कमी आएको छ । त्यहाँ ३४ जना न्यायाधीश काम गर्छन्। यो न्यूयोर्कका तीन आप्रवासन अदालत मध्ये एक हो।
नोभेम्बरमा न्यू योर्कको अर्को अदालतबाट बर्खास्त भएकी ओलिभिया क्यासिनले भनिन “अदालत लगभग खालीजस्तै भएको छ,”। उनले करिब १) वर्ष यो काम गरेकी थिइन् । उनले भनिन, “यो त सोमबार दिउँसो भएको ठूलो सफाया जस्तै लाग्छ।”
आप्रवासन न्यायाधीशहरूको काम हेर्ने न्याय विभागको प्रवक्ताले यी बर्खास्तीहरू किन गरियो भन्ने प्रश्नहरूको उत्तर दिन अस्वीकार गरिन्।




प्रतिक्रिया