२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

अब 'ट्रान्सजेन्डर’ राहदानीमा जन्मकै आधारमा लिङ्ग

अब 'ट्रान्सजेन्डर’ राहदानीमा जन्मकै आधारमा लिङ्ग

न्यू योर्क्। ट्रम्प प्रशासनले अब ‘ट्रान्सजेन्डर’ अमेरिकी नागरिकका पासपोर्टमा उनीहरूको ‘जन्मदर्ता प्रमाणपत्रमा उल्लेख गरिएको लिङ्ग’ उल्लेख गर्ने भएको छ। यसले दशकौँदेखि चल्दै आएको ‘आफ्नो पहिचानअनुसार लिङ्ग रोज्ने’ व्यवस्था उल्ट्याएको छ। 

नयाँ नियम अनुसार डिपार्टमेण्ट अफ स्टेटले अबदेखि पुरुष जनाउने “एम” वा महिला जनाउने “एफ” लैङ्गिक पहिचान (सेक्स मार्कर) भएको पासपोर्ट मात्रै जारी गर्नेछ। यी ‘मार्कर’हरू मानिस जन्मिदा ‘जैविक रूपमा भएको लिङ्ग’ सँग मिल्नै पर्ने भनिएको छ। 

जन्मदर्तामा उल्लेखित लिङ्गभन्दा फरक ‘सेक्स मार्कर’ माग्ने, वा “एक्स” जस्तो ‘नन–बाइनरी’ विकल्प माग्ने आवेदन स्वीकार नहुने डिपार्टमेण्ट अफ स्टेटले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

डिपार्टमेण्ट अफ स्टेटको अद्यावधिक ‘सेक्स मार्कर इन पासपोर्ट्स’ मार्गनिर्देशनमा भनिएको छ, “नोभेम्बर ६, २०२५ मा सर्वोच्च अदालतले ‘ओर भर्सेज ट्रम्प’मा दिएको जिल्ला अदालतको अन्तरिम रोक हटाएपछि हामी अहिले जन्मका समयमा रहेको लिङ्ग अनुसार  मात्रै पासपोर्ट जारी गरिरहेका छौँ, र आवेदकले चाहे अनुसार 'सेक्स मार्कर' स्वीकार गर्दैनौँ।” तर, यस अघि जारी भइसकेका पासपोर्टहरू, जसमा एक्स मार्कर वा परिवर्तन गरिएको लिङ्ग लिङ्ग, ती म्याद नसकिएसम्म वैध रहने उल्लेख गरिएको छ।

यस्तो अवस्था  “ओर  भर्सेज ट्रम्प” मुद्दामा सर्वोच्च अदालतको निर्णयपछि भएपछि आएको हो। उक्त मुद्दामा ‘ट्रान्सजेन्डर’, ‘नन–बाइनरी’ र ‘इन्टरसेक्स’ अमेरिकी नागरिकहरूले ट्रम्प प्रशासनको पासपोर्ट नीतिलाई चुनौती दिएका थिए। अ्मेरिकन सिभिल लिबर्टी युनियन (एसीएलयू) ले यसलाई “भेदभावपूर्ण पासपोर्ट नीति” भनेर आलोचना गरेको छ। 

यसअघि अमेरिकी पासपोर्टमा ‘सेक्स मार्कर’ परिवर्तन गर्ने नीति क्रमशः उदार हुँदै गएको थियो। १९९० को दशकदेखि ट्रान्सजेन्डर मानिसले शल्यक्रिया गराएको प्रमाणपत्र देखाएर सेक्स मार्कर परिवर्तन गर्न पाउने व्यवस्था गरिएको थियो। २०१० मा ओबामा प्रशासनले शल्यक्रियाको अनिवार्यता हटाएर, “जेंडर ट्रान्जिसनका लागि उपयुक्त उपचार भएको” चिकित्सकको पत्र पर्याप्त हुने नियम बनायो। २०२१ मा बाइडेन प्रशासनले चिकित्सकको पत्रको आवश्यकता हटाएर व्यक्तिले रोजेको लिङ्ग उल्लेख गर्ने  नीति ल्यायो। २०२२ देखि पासपोर्टमा तेस्रो विकल्प “एक्स ” पनि उपलब्ध गराइएको थियो। ट्रम्प प्रशासनको आदेशपछि नयाँ, नवीकरण वा प्रतिस्थापन गरिने पासपोर्टहरूमा यस्ता विकल्प हटाइएका छन्

प्रतिक्रिया