बाल्टिमोर। मेरिल्याण्डको बाल्टिमोरमा रहेको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज् इन अमेरिका (बाना) को अध्यक्षमा जितेन्द्र गुरुङ निर्वाचित भएको छ।
नेपाली समुदायको सबैभन्दा ठूलो संस्था बानाको गएको आइतवार भएको निर्वाचनमा गुरुङको टीमले नेतृत्व हात पारेको हो । जितेन्द्रको टीमले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित १० जना बिजयी भएका छन्।
निर्वाचित अध्यक्ष जितेन्द्र गुरुङले १ हजार एक सय ६१ मत प्राप्त गरेका थिए । अध्यक्षका प्रत्यासीद्धय कोशिष भण्डारीले ९ सय ५५ मत तथा लक्ष्मी भण्डारीले ५ सय ६१ मत प्राप्त गरिन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा जनक थापा ९ सय ८५ मत ल्याएर बिजयी भए । उपाध्यक्षमा ब्रजेश महर्जनले ११ सय २५ मत प्राप्त गरी बिजयी भएका छन् । महासचिवमा सलिन बस्नेत १ हजार १ मत प्राप्त गरी बिजयी भए । सचिवमा सुशील खत्रीले ९ सय ३९ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा संजु डंगोलले ९ सय ९७ मत ल्याएर बिजयी भईन्।
अन्य सम्पूर्ण पदमा पनि जितेन्द्रकै समूहका प्रत्यासीहरुले जित हासिल गरेका छन्।
जितेन्द्रको टीमले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित १० जनालाई उम्मेदवार बनाएको थियो। ती सबै उम्मेदवार बिजयी भएका छन् । बाँकी तीन सदस्यमा कोशिश टीमका दुई र भारती पक्षबाट एक जना सदस्य निर्वाचित भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यमा हृदय केसीले १ हजार ३ सय ७७, प्रविन लामाले १ हजार ३ सय ४६, राजु सुबेदीले १ हजार ३ सय ३५, भुपेशजंग शाहीले १ हजार ३ सय १०, सोनीका चुनाराले १ हजार २ सय ६४, अर्जुन क्षेत्रीले १ हजार २ सय २०, लक्ष्मीराम (ललित) शाहले १ हजार १ सय ८३, र डा. कृष्ण विष्टले १ हजार १ सय ७३ मत प्राप्त गरी बिजयी भएका छन् । । प्रविन लामा भारती टीमका एक्लो निर्वाचित सदस्य हुन् भने अर्जुन क्षेत्री र डा.कृष्ण विष्ट कोशिश टीमबाट उमेद्वार बनेका थिए। १४ जनाको कार्यसमिति रहने बानाको ३ बर्षको कार्यकाल रहने छ। विजयी जितेन्द्र गुरुङको टीमलाई समावेशी भनेर प्रचार गरिएको थियो । संस्थापन पक्षले भारतीलाई समर्थन गरेको थियो।
बाना बाल्टिमोरमा रहेका नेपालीहरुको सबैभन्दा ठूलो र पुरानो सामाजिक संस्था हो। झण्डै पाँच हजार हाराहारी सदस्य रहेको बानाको निर्वाचनमा २ हजार ६ सय ७३ सदस्यहरुले प्रत्यक्ष सहभागी भएर मतदान गरेका थिए। १८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
नेपालको पर्वत जिल्ला स्थायी घर भएका गुरुङ झण्डै १ दशकदेखि बाल्टिमोरमा बसोवास गर्दै आएका छन् । उनी गुरुङ पर्वत समाज, गुरुङ समाज, बाना लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।






प्रतिक्रिया