२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

सुप्रिम कोर्टद्वारा टिकटक प्रतिबन्ध लगाउन ढोका खुला

सुप्रिम कोर्टद्वारा टिकटक प्रतिबन्ध लगाउन ढोका खुला

न्यू योर्क। सुप्रिम कोर्टले अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन ढोका खोलिदिएको छ। सुप्रिम कोर्टले जो बाइडेन प्रशासनलाई साथ दिँदै शुक्रबार सर्बसम्मत रुपमा टिकटक प्रतिबन्ध लगाउन ढोका खोलिदिएको हो।

सरकारले लगाएको प्रतिबन्ध अमेरिकी संविधानको फस्ट एमेण्डमेन्ट विपरित हुने भन्दै टिकटक सर्वोच्चमा गएको थिए। तर, सर्वोच्चले कङ्ग्रेस (संसद) ले राष्ट्रिय सुरक्षामा टिकटककोतत्थ्याङ्क सङ्कलन' अभ्यासप्रतिद्वन्दी देशसँगको सम्बन्धले असर पार्ने ठहर गर्दै त्यसलाई प्रतिबन्ध लगाउन गरेको निर्णय फस्ट एमेण्डमेन्ट विपरित नहुने फैसला सुनाएको छ। यो फैसलासँगै टिकटकलाई प्रतिबन्ध लगाउने बाटो खुलेको हो। 

कङ्ग्रेसले गत अप्रिलमा बहुमतले टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो। उक्त विधेयकमा राष्ट्रपति बाइडनले हस्ताक्षर गरेका थिए। त्यसपछि टिकटकलाई अमेरिकाबाट बाहिरिन वा टिकटक एपमाथि प्रतिबन्ध खेप्न दुई सय ७० दिनको समय दिइएको थियो। उक्त समय राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नु ठीक एक दिन अघि आइतबार सकिँदैछ।

तर, बाइडनले टिकटक माथिको प्रतिबन्ध कार्यान्वयन नगरी बाहिरिने सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरूका अनुसार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय ट्रम्पले कार्यान्वयन गर्नु पर्नेछ। ट्रम्पले सर्वोच्चलाई टिकटकसम्बन्धी निर्णय ढिलाइ गर्न अनुरोध गरेका थिए। 

ट्रम्पले सर्वोच्चलाई टिकटकसँग सौदाबाजी गर्न समय चाहिने बताएका थिए। त्यसका वावजुद सर्वोच्चले यस्तो निर्णय गरेको हो। टिकटकका प्रमुख कार्यकारी अधिकृत शोउ झि चुउ ट्रम्पको शपथ ग्रहणपछि हुने दिवा भोजमा सहभागी हुने प्रयासमा रहेको समाचारहरू आएका थिए।

प्रतिक्रिया