२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

ट्रम्प आडम्स भेटवार्ता, आफू विरुद्धको मुद्दाबारे छलफल नभएको आडम्सको भनाइ

ट्रम्प आडम्स भेटवार्ता, आफू विरुद्धको मुद्दाबारे छलफल नभएको आडम्सको भनाइ

न्यू योर्क। मेयर एरिक आडम्सले शुक्रबार राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई फ्लोरिडा बीचस्थित मारलागो क्लब पुगेर भेटेका छन्। भेटवार्तापछि उनले आफू विरुद्धको मुद्दाबारे छलफल नभएको सञ्चार माध्यमहरूलाई जनाएका छन्।

विरुद्धको मुद्दाबारे छलफल नभएको प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्, ‘इजरायल हमासबीच युद्धविराममा केन्द्रित भएर कुराकानी गर्यौं। न्यू योर्क सिटीको पूर्वाधार निर्माण फेडरल लगानी कसरी बढाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्‍र्यौं।

राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघि नै विपक्षी पार्टीको प्रतिनीधित्व गर्ने ट्रम्पसँगको भेटवार्तालाई लिएर आडम्सको आफ्नै पार्टीभित्र आलोचना सुरु भएको छ। न्यू योर्क सिटी कम्प्ट्रोलर ब्राड ल्याण्डरले सामाजिक सञ्जाल एक्समै उक्त भेटवार्ता बारे आलोचना गरेका छन्।एरिक आडम्सले डोनाल्ड ट्रम्पको माफी अस्वीकार गर्ने घोषणा गर्नुपर्छ,’ उनले एक्समा उल्लेख गरेका छन्, ‘न्यू योर्क सिटीवासीसँग मेयर आडम्सले निजी स्वार्थलाई भन्दा जनताको स्वार्थलाई प्राथमिकतामा राखेका छन् छैनन् जान्ने अधिकार छ।

न्यू योर्क टाइम्सले आडम्स आफैँले ट्रम्पसँग भेट्न पहल गरेको खुलासा गरेको थियो। ट्रम्पले आडम्समाथि नियोजित रुपमा भ्रष्टाचारको मुद्दा हालिएको भन्दै उनलाई माफी दिनेबारे खुला रहेको अभिव्यक्ति दिएका थिए। पछिल्लो समय आडम्सको अभिव्यक्ति व्यवहार ट्रम्पको नीति निकट रहेको भन्दै उनको आलोचना भइरहेको छ। आडम्सको औपचारिक कार्यसूचीमा ट्रम्पलाई भेट्ने कार्यक्रम थिएन। त्यसका बावजुद ट्रम्पलाई उनी बस्दै आएको फ्लोरिडा बीचस्थित मारलागो क्लव पुगेरै भेट्नुलाई कतिपय सञ्चार माध्यमले भ्रष्टाचार मुद्घाबाट माफी पाउन ट्रम्पसमक्ष शिर निहुर्‍याएको व्याख्या गरेका छन्।

प्रतिक्रिया