२२ जेठ २०८३, शुक्रबार
Fri, Jun 5, 2026
SUBSCRIPTION

फ्लसिङको अपार्टमेन्टमा भीषण आगलागि, एक बालकसहित चारको मृत्यु, १५ घाइते

फ्लसिङको कलेजप्वाइन्ट बुलेभार्डमा दिउसो भएको सो आगलागि हावाहुरीका कारण अनियन्त्रित हुँदा थप १५ जना घाइते भएका छन् ।
फ्लसिङको अपार्टमेन्टमा भीषण आगलागि, एक बालकसहित चारको मृत्यु, १५ घाइते


न्यूयोर्क । न्यूयोर्कको क्वीन्सस्थित फ्लसिङमा सोमबार अपार्टमेन्ट भवनमा भीषण आगलागी हुँदा एक बालकसहित चार जनाको मृत्यु भएको छ । फ्लसिङको कलेजप्वाइन्ट बुलेभार्डमा दिउसो भएको सो आगलागि हावाहुरीका कारण अनियन्त्रित हुँदा थप १५ जना घाइते भएका छन् । 
आगो दोस्रो र तेस्रो तलाका पाँचवटा अपार्टमेन्टमा फैलिएको थियो। त्यसपछि चौथो अलार्म घोषणा गरियो र एभरी एभेन्यू र पपल एभेन्यूबीचको क्षेत्रमा ७४ वटा युनिटसहित २३१ जना अग्निनियन्त्रक र आपत्कालीन सेवाका कर्मचारी परिचालन गरि तीन घण्टचमा आगो नियन्त्रणमा लिएको आगलागि नियन्त्रण विभागले जनाएको छ।
आगोबाट बच्न माथिल्लो तलाबाट हाम फालेका तीन जना घाइते भएका थिए। त्यस्तै, दोस्रो तलाको एउटा अपार्टमेन्टभित्र थुनिएका अवस्थामा एक तीन वर्षिय बालकसहित तीन जनाको ज्यान गएको थियो । अर्को एक पुरुषको अस्पतालमा मृत्यु भएको हो । आगो निभाउने क्रममा दोस्रो तलातर्फ उक्लिरहेका बेला भ¥याङ भत्किँदा दुई जना अग्नि नियन्त्रकसमेत थुनिएका थिए। उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको थियो र उनीहरूको अवस्था ज्यान जोखिमरहित रहेको बताइएको छ।
अग्नी नियन्त्रण विभागका कमिश्नर लिलियन बोन्सिन्योरले घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै घटना दुःखद भएको बताए । आगलागीमा धेरै पीडित भएको जानकराी दिदै कठिन परिस्थितिका बीच आगो नियन्त्रणमा लिन र मानिसहरूको ज्यान बचाउन दमकल विभागले असाधारण काम गरेको बताए । 
अधिकारीहरूका अनुसार यस आगलागीमा १५ जना सर्वसाधारण घाइते भएका छन्। दुई जना गम्भीर अवस्थामा जैकोबी मेडिकल सेन्टर लगिएका छन्। दुई जनालाई न्यूयोर्क–प्रेस्बिटेरियन क्वीन्स अस्पताल लगिएको छ । उनीहरूको अवस्था गम्भीर भए पनि अवस्था खतराबाहिर रहेको जनाइएको छ। थप ६ जनालाई अन्य अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ। दुई जनालाई सामान्य चोट लागेको छ। साथै, छ जना अग्निनियन्त्रक पनि सामान्य घाइते भएका छन्।
घटनास्थल नजिकै रहेका प्रत्यक्षदर्शीहरू आफूहरूले देखेको दृश्यबाट स्तब्ध बनेका थिए। कलेज पोइन्ट बुलेभार्डस्थित स्काइ स्टोन एन्ड क्याबिनेट्समा काम गर्ने एन्जेला नामकी एक महिलाले एक जना पैदलयात्रीले माथिल्लो तलामा फसेकाहरूलाई बचाउन भ¥याङ खोज्दै हतारिँदै आएपछि आफू आगलागीबारे थाहा पाएको बताइन्।

 

प्रतिक्रिया