३० फागुन २०८२, शनिबार
Sat, Mar 14, 2026
SUBSCRIPTION

न्यूयोर्क सिटीमा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

शहरको तामक्रम निरन्तर सिंगल डिजिटमा रहन पुग्दा विषेश गरी होमलेस नागरिकहरुलाई सुरक्षित गर्न सिटीका अधिकारीहरुलाई हम्मेभएको छ । घरविहीन व्यक्तिहरु चिसोबाट बढी जोखिममा परेका छन् ।
न्यूयोर्क सिटीमा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

न्यूयोर्क । भारी हिमपातपछिको बढ्दो चिसोका कारण न्यूयोर्कसिटीमा मृत्युहुनेको संख्या १४ पुगेको छ । शहरको तापक्रम निरन्तर रुपमा जिरो डिग्री सेलिसेस भन्दा कम छ । यो वर्षको चिसो एक दशक यताकै सबैभन्दा बढी भएको मौसम विदहरुले बताएका छन् । 
अत्याधिक चिसोका कारण एकसाताअघि आएको हिउँ पग्लन सकेको छैन । शहरको तामक्रम निरन्तर सिंगल डिजिटमा रहन पुग्दा विषेश गरी होमलेस नागरिकहरुलाई सुरक्षित गर्न सिटीका अधिकारीहरुलाई हम्मेभएको छ । घरविहीन व्यक्तिहरु चिसोबाट बढी जोखिममा परेका छन् । चिसोबाट बचाउन न्यानो सेल्टरहरु स्थापना गरिएपनि चिसोका कारण ज्यान गुमाउनेको संख्या रोक्न सकेको छैन । कार्यकाल सम्हालेको एकमहिनामा नै सहरबासीलाई चिसोबाट बचाउन नयाँ योजनाहरु ल्याउनुपर्दा मेयर जोह्रान माम्दानीलाई चुनौति बनेको छ ।
चिसोका क्रममा मृत्यु संख्या १४ पुगेपछि, मेयर माम्दानीले अप्पर म्यानह्याटनमा घरविहीनहरूका लागि ५० वटा नयाँ एक कोठे संरक्षण स्थलको स्थापना गरेको शनिबार जानकारी दिएका छन् । समूहगत बसोबासको लागि बनाइएको सेल्टरमा बस्न अनिच्छुहरुलाई राख्नको लागि एक कोठे सेल्टर निर्माण गरिएको बताइएको छ । गत आइतबार न्यूयोर्क सिटीमा झन्डै एक फिट हिउँ जमेको थियो । 
“हामी न्यूयोर्कवासीलाई घरभित्र ल्याउन सम्भव सबै उपाय गरिरहेका छौँ। यो पूर्ण रूपमा ‘सबै हात सहयोग’ शैलीको प्रयास हो।” मेयर माम्दानीले भने । हालसम्मा ८६० भन्दा बढी व्यक्तिलाई आश्रयस्थल तथा ‘सेफ हेभेन’ मा राखिएको र यस्ता स्थलमा राख्नका लागि हाललाई कतिपय नियमहरुमा सामान्यकरण गरिएको पनि मेयर माम्दानीले बताए । 
शहरले तातो बस्न सकिने ‘र्मिङ शेल्टर’ खोलेको छ, आश्रयस्थलमा भर्ना नियमहरू केही खुकुलो बनाएको छ, वार्मिङ बसहरू परिचालन गरेको छ, र आवश्यक परेकाहरूको नजिकै पुग्न १७ वटा ‘अन–कल’ एम्बुलेट÷एम्बुलेट–जस्ता सवारी पठाएको छ, माम्दानीले भने ।

मौसम विभाग अनुसार अत्यधिक चिसोका अवस्था अझै एकहप्ता सम्म रहने छ । अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा आएका हिमआँधी र बढ्दो चिसोका कारण हालसम्म १०० भन्दाबढी नागरिकहरुको मत्यु भइसकेको न्यूयोर्क टाइम्सले जनाएको छ ।    

प्रतिक्रिया