न्यू न्योर्क। आप्रवासी समुदायबीच पछिल्ला महिनामा एउटा साधारण सिठ्ठी शक्तिशाली सुरक्षा–सन्देशको प्रतीक बन्दै गैरहेको छ। आप्रवासीका पक्षमा काम गर्ने समुहहरूले ब्रुकलिनदेखि लोअर म्यानह्याटनसम्म सिठ्ठीलाई तत्काल सूचना–सञ्जालका रूपमा उपयोग गरिरहेका छन्।
सिठ्ठी फुक्दा तीन छोटो ध्वनिले ‘आइस आएको’ संकेत गर्छ। तीन लामो ध्वनिले मान्छे थुनिँदै/उठाइँदै गरेको खबर दिन्छ।
सिठ्ठी फुक्दा तीन छोटो ध्वनिले ‘आइस आएको’ संकेत गर्छ। तीन लामो ध्वनिले मान्छे थुनिँदै/उठाइँदै गरेको खबर दिन्छ। कम प्रविधि, न्यून लागत र सहज अभ्यासका कारण यो विधि छिमेकीलाई तुरुन्त सचेत गराउन, भिड नबनाई सुरक्षित दूरीबाट दृश्य रेकर्ड गर्न, र कानुनी सहायता खोज्न गर्न अत्यन्त उपयोगी सिद्ध भइरहेको छ।
स्थानीय समूहहरूले यो अभियानको व्यापक बनाउन प्रशिक्षण दिइरहेका छन्। एनवाई १ का अनुसार, उनीहरूले सडक–स्तरका कार्यक्रमहरू आयोजना गर्दै इमिग्रेसन अधिकारीहरू देखिए वा सिठ्ठी सुनिए के गर्ने भन्ने स्पष्ट जानकारी दिइरहेका छन्। उनीहरूका अनुसार, पहिलो, शान्त रहनुपर्छ। दोस्रो, मोबाइलले भिडियो रेकर्ड गर्नुपर्छ। तेस्रो, अधिकार–सूचना कार्ड र हटलाइन नम्बर उपलब्ध गराउनुपर्छ। र, चौथो, शारीरिक अवरोध वा द्वन्द्व गर्नु हुँदैन। यसो गर्दा ‘बाइस्ट्यान्डर डिफेन्स’ दृष्टिकोणले साक्षी र प्रमाण सुरक्षित राख्दै जोखिम कम गर्न सहयोग पुग्छ। र, कानुनी जवाफदेहिताको बाटो खोल्छ।
सहरका बजार, व्यापारिक गल्ली र बहुभाषिक टोलहरूमा यी अभ्यास अझ जीवित छन्। एएम न्यू योर्कका अनुसार, अहिले सडक–व्यापारीहरूलाई लक्षित गर्ने कार्यवाही बढेपछि, स्टल, सडक व्यापारी र रेस्टुरेन्टसँग मिलेर ‘सेफ–स्पेस’हरूको नक्सा बनाउने प्रयास तीव्र छ। प्रशिक्षणमा सहभागीहरूको उपस्थिति निरन्तर बढ्दो छ। त्यसमा सीटी–कोड, अधिकार–कानुनको आधारभूत जानकारी, र आपत्कालीन सम्पर्कहरूको सूची एउटै किटमा बाँडिन्छ।
सहभागीहरूका भनाइमा, सिठ्ठीको आवाजले डर होइन, ऐक्यबद्धताको लहर उठ्छ। नजिकैका घरबाट मान्छे निस्कन्छन्। क्यामेरा चालु हुन्छ। र, प्रक्रियाहरू पारदर्शी बन्छन्।
यो तरिका नयाँ होइन। यसअघि समुदाय–सुरक्षामा ‘सिठ्ठी’ले पटक–पटक आपत–सङ्केत र सहायताको आह्वानमा भूमिका खेलको छ। अहिले त्यही पुरानो प्रयोगलाई वर्तमान जोखिमसँग अनुकूलित गरिएको हो। यसले समुदायमा विद्यमान आकस्मिकता, भाषिक विविधता र कानुनी खाडलहरू पुरा गर्न सहयोग पुर्याउँछ। सञ्चारमाध्यामहरूका अनुसार, प्रशिक्षकहरू भन्छन्, “सिठ्ठीले साधनभन्दा बढी आत्मबल दिन्छ—आवाज उठाउने अधिकार सबैसँग छ भन्ने स्मरण गराउँछ।”
सिठ्ठी अभियानले ‘एक्लै परिएन’ भन्ने मनोसामाजिक सुरक्षा विकास गर्छ। सिठ्ठी बजेपछि केही टोलमा ‘ग्राब–एन्ड–गो’ शैलीका पक्राउहरू घटेको अनुभूति भइरहेको छ सञ्चारमाध्यमहरूको रिपोर्ट छ। किनकि, सिठ्ठी बजेको केही क्षणमै धेरै साक्षीहरू भेला हुन्छन्। र, क्यामेरा घुम्न थाल्छ। कानुनी सहायता समूहहरूले पनि यस्तो भेला तुरुन्त सल्लाह दिन, परिवारलाई खबर गर्न, र जरुरी परे वकिल पठाउन सजिलो भएको बताएका छन्।




प्रतिक्रिया