१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

विन रोजारियो ‘हत्या’ गर्ने प्रहरीमाथि तत्काल कारवाहीको माग

विन रोजारियो ‘हत्या’ गर्ने प्रहरीमाथि तत्काल कारवाहीको माग

न्यु योर्क। विन रोजारियोको ‘हत्या’ गर्ने प्रहरी अधिकारीहरूलाई तत्काल कारवाहीको माग गर्दै उनको परिवार, आफन्त र सहयोगीहरूले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। 

उनीहरूले बिहीबार साँझ ७ बजे देखि रिचमण्ड हिलस्थित प्रिसिन्ट १०२ अघि आधा घण्टा नारा जुलुस गरे। त्यसअघि उनीहरु लुटिनेन्ट फ्य्राङ्क म्याक्कोनेल पार्कमा भेला भएका थिए। रोजारियोको हत्या भएको एक वर्ष बितिसक्दा पनि दोषीमाथि कारवाही नभएको र परिवारलाई हत्या अनुसन्धानबारे कुनै जानकारी नगराइएको भन्दै आक्रोश पोखेका थिए।

पार्कमा भेला भएर प्रदर्शन गरेपछि उनीहरु करिब १ माइल मार्च पास गर्दै रोजारियोको हत्या गर्ने प्रहरी अधिकारी म्याथ्यु सियानफ्रोको र साल्भाटोर एलोङ्गी काम गर्ने प्रिसिन्ट १०२ पुगेका थिए। त्यहाँ उनीहरूले ती प्रहरी अधिकारीलाई कारवाही नभएसम्म र विनले न्याय नपाएसम्म सङ्घर्ष जारी राख्ने प्रतिवद्धता जनाएका थिए।

विनका भाइ उत्सोले अमेरिकी सेनामा जाने विनको सपना उनको हत्याले अधुरो रहेको बताए। उनले विनलाई प्रहरीले आफ्नो र आफ्नो आमाको आँखा अगाडि गोली हानेर हत्या गरेको बताए। ‘अमेरिकी सेनामा भर्ती भएर देशको सेवा गर्ने विनको सपना थियो,’ उनका पिता फ्रान्सिसले, ‘उसँगै उसको सपनाको हत्या भएको एक वर्ष पुरा भएको छ।’ 

विरोध कार्यक्रममा ड्रमका निर्देशक फाहद अहमदले थुप्रै बङ्गाली अगुवाहरू विरोध कार्यक्रममा सहभागी नभएर मेयर आडम्सले आयोजना गरेको बङ्गाली स्वतन्त्रता दिवसमा सहभागी हुन गएको विडम्बना सुनाए। 

उनले आफ्नो छोराको हत्या गरेर उन्मुक्ति पाउन सक्ने एनवाइपिडी (न्यू योर्क सिटी पुलिस) ज्यादै शक्तिशाली भएको बताए। ‘हामी विनलाई फिर्ता ल्याउन त सक्दैनौ,’ उनले भने, ‘तर प्रहरीलाई जिम्मेवार बनाएर अरुलाई यस्तो अवस्था आउनबाट जोगाउन सक्छौं।’ उनले मेयर एरिक आडम्स र प्रहरी प्रमुख जेसिका टिससँग आफ्नो छोराको हत्या गर्ने प्रहरी अधिकारीहरूलाई बर्खास्त गर्न, न्यू योर्क सिटी एटर्नी जनरल लेटिसिया टिससँग ती अधिकारीहरूलाई हदैसम्मको कारवाही गर्न, सबै प्रकारका मानसिक स्वास्थमा समस्या भएका मानिसको मुद्धाबाट प्रहरीलाई हटाउन, विनको हत्यामा भइरहेको अनुसन्धानबारे जानकारी गराउन र विनको हत्यापछि दुई दिनसम्म घर छिर्न नदिने प्रहरी अधिकारीहरूलाई अनुशासनको कारवाही गर्न माग गरे। 

विरोध कार्यक्रममा रोजारियो परिवारका पास्टरले विनको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए। न्यू योर्क सिटी पब्लिक एड्भोकेट जुमानी विलियम्सले दोषी प्रहरी अधिकारीहरू माथि कारवाही गर्न मेयर आडम्ससँग माग गरे। कार्यक्रममा प्रहरीबाट मारिएका मानिसका परिवारहरू सहभागी थिए।

विरोध कार्यक्रममा ड्रमका निर्देशक फाहद अहमदले थुप्रै बङ्गाली अगुवाहरू विरोध कार्यक्रममा सहभागी नभएर मेयर आडम्सले आयोजना गरेको बङ्गाली स्वतन्त्रता दिवसमा सहभागी हुन गएको विडम्बना सुनाए। उनले समुदायका लागि भनेर प्रहरी बनाइएका बङ्गाली, पाकिस्तानी र अन्य समुदायका मानिस प्रहरीमा मात्र रूपान्तरण भएको बताए। उनले त्यस्ता मानिसलाई समुदायमा ठाउँ नदिन पनि आग्रह गरे। 

विरोध कार्यक्रममा सहभागी हुन पुगेकी न्यू योर्क स्टेट सिनेटर जेसिका रामोसले विन रोजारियोका हत्यामा संलग्न प्रहरी अधिकारीलाई कारवाहीको दायरामा ल्याउनु प्रहरीकै हीतमा भएको उल्लेख गरिन्। उनले समुदायको विश्वास जित्न पनि प्रहरीले हत्यामा संलग्न अधिकारीहरूलाई कारवाही गर्नुपर्ने बताइन्।

विनलाई प्रहरी अधिकारी सियानफ्रोको र एलोङ्गीले ओजोन पार्कस्थित उनकै घरमा गत वर्ष मार्च २७ मा गोली हानी मारेका थिए। विन मानसिक रोगी थिए। उनी आफैँले प्रहरीलाई फोन गरी सहयोग मागेका थिए। तर, उनलाई सहयोग गर्न पुगेका प्रहरीले दुई मिनेटमै उनीमाथि गोली हानेका थिए।

भिडियो सामाग्रीः

प्रतिक्रिया