२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

चाइनाले पनि अमेरिकी उत्पादनमा कर लगायो, गुगलमाथि छानबिन गर्ने

चाइनाले पनि अमेरिकी उत्पादनमा कर लगायो, गुगलमाथि छानबिन गर्ने

न्यू योर्क। अमेरिकी सरकारले चिनियाँ उत्पादनमा भन्सार महशुल बढाए लगत्तै चीनले पनि अमेरिकी उत्पादनमा भन्सार वृद्धी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको भन्सार महशुल वृद्धि मङ्गलबार कार्यान्वयनमा आएको केही मिनेटमै चाइनाले पनि अमेरिकी उत्पादनमा भन्सार महशुल वृद्धिको घोषणा गरेको छ।

अमेरिकाले चाइनिज उत्पादनमा १० प्रतिशत भन्सार महशुल वृद्धि गरेको थियो। त्यसप्रति असन्तुष्टि जनाउँदै चाइनाले कोइला प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार महशुल वृद्धि गरेको छ। त्यस्तै चाइनाले कच्चा पेट्रोलियम पदार्थ, कृषि औजार ठूला इन्जिन भएका कारमा १० प्रतिशत भन्सार महशुल बढाएको छ। यो महशुल वृद्धि फेब्रुअरी १० देखि कार्यान्वयनमा आउने छ।

त्यस्तै चाइनाले टंगस्टन, टेलुरियम, बिस्मट, मोलिब्डेनम, इन्डियुम, ग्यालियम, र्मेनियम, ग्राफाइट लगायतका खनिज तत्व निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। अमेरिकाले उच्च प्राविधियुक्त आधुनिक सामाग्री उत्पादन गर्न यी तत्व प्रयोग गर्छ। अमेरिकी निकाय युएस जियोलोजिकल सर्भेले यी तत्व राष्ट्रिय सुरक्षा आर्थिक सुरक्षाका लागि अत्यावश्यक भनेर सूचिकृत गरेको छ। अमेरिका ग्यालियम, जर्मेनियम, ग्राफाइट लगायतका खनिज तत्वका लागि चाइनाको निर्यातमा आश्रित छ। 

त्यस्तै, चाइनाले गुगलमाथि पनि छानबिन गर्ने जनाएको छ। छानबिनको प्रकृति कस्तो हुने भन्ने प्रष्ट छैन। तर, गुगलमाथि चाइनिज स्मार्ट फोन कम्पनीहरूले एन्ड्रोइड अपरेटिङ प्लेटफर्मलाई लिएर गुनासो गर्दै आएका छन्। 

उता ट्रम्प प्रशासनले मेक्सिको क्यानडामाथि लगाएको भन्सार महशुल वृद्धि तत्कालका लागि रोकेको छ। मेक्सिको क्यानडाले राष्ट्रपति ट्रम्पको आप्रवासनसम्बन्धी चासो सम्बोधन गर्न तयार रहेको जनाएपछि उनको प्रशासनले ३० दिनका लागि भन्सार महशुल वृद्धि कार्यान्वयन रोकेको हो। 

 
  

 

प्रतिक्रिया