न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। क्वीन्सको ज्याक्सनहाइटमा अवस्थित फिप्नाको कार्यालयमा जनवरी १८ मा भएको साधारण सभाले महासचिवको संस्थागत कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। फिप्नाका महासचिव दिपक चौधरीले संस्थागत कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए। कोषाध्यक्ष कृष्ण महर्जन र सह–कोषाध्यक्ष धावा ल्हामु शेर्पाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु गरेका थिए। संस्थाको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन साधारण सभाले सर्वसम्मतले पारित गरेको हो।
फिप्नाका अध्यक्ष तोरण गुरुङले फिप्नाले २०२५ को कार्ययोजना प्रस्तुत गरेका थिए। अध्यक्ष गुरुङले लखन थापा शहिद दिवस, विश्व महिला दिवस, नेपाल आदिवासी संस्कृति एकता साँझ, नेपाल हेरिटेज डे, विश्व आदिवासी दिवस र महाधिवेशन गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली कम्यूनिटीबाट डेमोक्रेटिक पार्टी डिस्ट्रीक ३७ का डिस्ट्रीक लिडर बन्नु भएका छेमाङ तामाङ, डेमोक्रेटिक पार्टी डिस्ट्रीक ३० का डिस्ट्रीक लिडर बन्नु भएका बिष्णु राना मगर र मार्शल आर्ट गोल्ड मेडलिस्ट भुपेन्द्र गुरुङलाई सम्मान गरेका थिए। फिप्नाका अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईले सम्मान स्वरूप कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।
बिधान संसोधनको बिषयमा कार्यसमितिले राखेको केही बुँदाहरूमा संघिय परिषदको रोहवरमा छलफल गरिए पनि कुनै निर्णय हुन सकेन। बिधान कमिटीका सदस्यहरुमा कुलदिप राना मगर, टेक गुरुङ र उमा तामाङ रहेका थिए। फिप्नाको संघियपरिषदका सभामुख भारती राईले संसोधन गर्नुपर्ने बुँदाहरूलाई पुनः अर्को संघिय परिषदको बैठकबाट निष्कर्षमा लैजाने बताए।

फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले उपस्थित सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए। वरिष्ठ उपाध्यक्ष तामाङले फिप्नाले गरेका सम्पूर्ण कार्यक्रमहरू फिप्नामा आबद्द सदस्य संस्थाहरू, सल्लाहकारहरू र अन्य संघ संस्थाहरुको समन्वय र सहयोगबाट सफल भएको बताए।
फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न सभामा संघिय परिषदका सभामुख , उपसभामुख, फिप्नाका सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकारहरु, पत्रकार तथा अन्य अतिथीहरू उपस्थित थिए।
फिप्नाका अध्यक्ष तोरण गुरुङले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु गरेका थिए। त्यस्तै महिला उपाध्यक्ष ममता राईले समेत मन्तव्य राखेका थिए।

















प्रतिक्रिया