१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

ट्रम्पले डाइभर्सिटी कर्मचारीलाई बिदामा पठाए, आप्रवासी र लिङ्गीय अल्पसङ्ख्यक मर्कामा पर्ने

ट्रम्पले डाइभर्सिटी कर्मचारीलाई बिदामा पठाए, आप्रवासी र लिङ्गीय अल्पसङ्ख्यक मर्कामा पर्ने

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डाइभर्सिटी, इक्विटी, इन्क्लुजन एण्ड एक्सेसिबिलिटी (डीईआईए) कार्यक्रमका कर्मचारीलाई बिदामा पठाएको छ। हाल ती कर्मचारीलाई तलबी बिदामा पठाइएको भएपनि उनीहरूलाई हटाइने विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।

पदभार ग्रहण गरेको पहिलो दिन नै राष्ट्रपति ट्रम्पलेइन्डिङ र्‍याडिकल एण्ड वेस्टफूल गभर्मेन्ट डीईआई प्रोग्राम एण्ड प्रिफरेन्सिङनामक एक्ज्याकेटिभ अर्डर जारी गरेका थिए। यससँगै डीईआईए प्रोग्राम खारेज भएको थियो। उक्त कार्यक्रममा काम गर्ने कर्मचारीलाई भने जनवरी २१ मा बिदामा पठाइएको हो।

यो कार्यक्रम जाति, रङ, धर्म, संस्कृति, राष्ट्रियता, लिङ्ग, भाषा आदिका आधारमा गरिने प्रणालीगत विभेद हटाउन, सरकारले प्रदान गर्ने सुविधामा समान पहुँच बनाउन, रोजगारीको समान स्वच्छ अवसर प्रदान गर्न समावेशी वातावरण निर्माण गर्न निवर्तमान राष्ट्रपति जो बाइडनले सुरु गरेका थिए। उनले जुन २५, २०२१ मा एक्ज्याकेटिभ अर्डर जारी गरी यो कार्यक्रम सुरु गरेका थिए।

राष्ट्रपति ट्रम्पले यो कार्यक्रम विभेदपूर्ण, बेकार अपव्ययी भन्दै आएका थिए। उनले गुणका आधारमा रोजगारी (मेरिट बेस हायरिङ) को नीति लिएका छन्। २०२४ मा राष्ट्रपति निर्वाचनको परिणाम आएलगत्तै म्याकडोनाल्ड, मेटा वालमार्ट कर्मचारी भर्तिमा डाइभर्सिटी नीति लागू गर्न छाडेका थिए। 

 

प्रतिक्रिया