३० फागुन २०८२, शनिबार
Sat, Mar 14, 2026
SUBSCRIPTION

क्रिशमसको माहौलमा न्यूयोर्कवासीलाई हल्का हिउँको रौनकता

न्यूयोर्क सिटीमा शुक्रबार राती परेको हिउँका कारण शनिबार विहान न्यूयोर्कवासीलाई जाडोयामको पहिलो हिउँको रुपमा उल्लास ल्याइदिएको छ । न्यूयोर्कवासीहरु विहानै आफ्नो नजिकको पार्कहरुमा हिउँ खेल्न पुगेका थिए ।
क्रिशमसको माहौलमा न्यूयोर्कवासीलाई हल्का हिउँको रौनकता

 

न्यू योर्क । न्यू योर्क सिटीमा यो वर्षको हिउँदेयामको पहिलो हिमपात भएको छ । न्यू योर्क राज्यका उत्तरी काउन्टीहरुमा डिसेम्बरको शुरुबाटै हिमपात भएपनि न्यूयोर्क सिटीमा भने हिमपातको लागि डिसेम्बरको तेस्रोसातासम्म कुर्नुपर्यो । 

न्यूयोर्क सिटीमा शुक्रबार राती परेको हिउँका कारण शनिबार विहान न्यूयोर्कवासीलाई जाडोयामको पहिलो हिउँको रुपमा उल्लास ल्याइदिएको छ । न्यूयोर्कवासीहरु विहानै आफ्नो नजिकको पार्कहरुमा हिउँ खेल्न पुगेका थिए । क्रिसमसअघि मंगलबार पनि हल्का हिउँ पर्न सक्ने मौसम विभागले अनुमान गरेको छ । क्रिसमसका क्रममा हिउँपात हुनुलाई “ह्वाइट क्रिसमस”को रुपमा राम्रो मानिन्छ । 

नेशनल वेदर सर्विसका अनुसार शुक्रबार राती न्यूयोर्क क्षेत्रमा दुई इन्चसम्म हिउँ परेको छ । 
मेट्रो क्षेत्रका सेन्ट्रलपार्कमा १.८ इनच, जेएफके एयरपोर्टमा २ इन्च लाग्वार्डिया एयरपोर्ट र न्यूजर्जीको न्यूआर्क एयरपोर्टमा २.२ इन्चसम्म हिउँ परेको थियो । 

हिउँपरेसंगै न्यूयोर्क सिटीमा तापक्रममा पनि निर्क गिरावट आएको छ । शनिबार न्यूयोर्कमा २९ डिग्री फरेनहाइट अर्थात माइनस १ डिग्री सेलिसेस तापक्रम रहेको छ । बेलुका यो तापक्रम अझ घटेर २० डिग्री फरेनहाइटसम्म पुग्ने नेशनल वेदर सर्विसले प्रक्षपण गरेको छ । 

न्यूयोर्कमा छुट्टीको मौसममा भएको यो हिमपातले कतिपय विमानस्थलमा उडान समय समेत प्रभावित बनाएको जनाएको छ । लाग्वार्डिया, न्यूआर्क लिबर्टी लगायतका एयरपोर्टहरुमा करिब दुईघण्टा सम्म उडानहरु ढीलाई भएको जनाएको छ । 

प्रतिक्रिया