२८ फागुन २०८२, बिहिबार
Thu, Mar 12, 2026
SUBSCRIPTION

हेल्थकेयर सिइओको हत्यामा संलग्नको आशंकामा पेन्सिलभेनियाबाट एकजना पक्राउ

२६ वर्षिय लुइगी म्यानजियोनलाई पेन्सिल्भेनियाको अल्टूना शहरस्थित म्याक डोनाल्ड्स स्टोरबाट पक्राउ गरिएको न्यूयोर्क प्रहरी विभागले सोमबार जानकारी दिएको हो ।
हेल्थकेयर सिइओको हत्यामा संलग्नको आशंकामा पेन्सिलभेनियाबाट  एकजना पक्राउ

 

न्यूयोर्क । न्यूयोर्कसिटीको म्यानहटनमा गत बुधबार हेल्थकेयर सिइओको गोली हानी हत्या गरिएको घटनामा संलग्नको आशंकामा एकजनालाई पेन्सिलभेनियाबाट सोमबार पक्राउ गरेको छ । २६ वर्षिय लुइगी म्यानजियोनलाई पेन्सिल्भेनियाको अल्टूना शहरस्थित म्याक डोनाल्ड्स स्टोरबाट पक्राउ गरिएको न्यूयोर्क प्रहरी विभागले सोमबार जानकारी दिएको हो । 

यसअघि नै न्यूयोर्क प्रहरीले घटनामा संलग्न व्यक्ति पेन्सिलभेनियातर्फ गएको अनुमान गरेको थियो । गिराफ्तार गरिएको व्यक्तिबाट हत्याका घटनामा संलग्नको प्रमाण मिल्ने धेरै कुराहरु जफत भएको पनि प्रहरीले दावी गरेको छ । “आज बिहान अल्टूना, पेन्सिल्भेनियामा अल्टूना प्रहरीले लुइगी म्यानजियोनलाई गिरफ्तार गरेको छ । उनलाई ब्रायन थम्पसनको हत्या प्रकरणसँग जोडिएको व्यक्तिको रुपमा अनुसन्धान भइरहेको छ, न्यूयोर्क प्रहरी विभागका कमिस्नार जेसिका टिसले सोमबार आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

म्याक डोनाल्ड्स स्टोरका कामदारले उक्त संधिग्द व्यक्तिलाई चिनेपछि प्रहरीलाई खबर गरेको बताइएको छ । आरोपी लुइगीको साथबाट फर्जि परिचय पत्रहरू, अमेरिकी पासपोर्ट, एक बन्दुक लगायतका बस्तुहरु फेला पारिएको कमिस्नार जेसिकाले बताइन् । उनले लगाएको लुगा, माक्स तथा बोकेका बन्दुक हत्याका बेला प्रयोग गरिकासंग मेला खाएको समेत प्रहरीको दावी छ । उनको साथमा न्यू जर्सीको फर्जि परिचय पत्र भेटिएको र जुन हत्याअघि न्यू योर्क सिटी होस्टलमा चेक–इन गर्दा प्रयोग गरिएकोसंग मेल खाएको पनि जनाएको छ । प्रहरीले उनीबाट हेल्थकेयरसंग सम्बन्धीत एक हस्तलिखित कागज समेत फेला पारेको जनाइएको छ । 

म्यानहटनको मिडटाउनस्थित हिल्टन होटल नजिकै गत बुधबार बिहान अज्ञात व्यक्तिद्धारा प्रहार गरिएको गोली लागेर युनाइटेड हेल्थकेयरका सिईओ ५० वर्षीय ब्रायन थम्पसनको मृत्यु भएको थियो । 

मिडटाउनको  वेष्ट फिप्टीफोर स्ट्रिट र सिक्सथ एभेन्यू नजिकैको हिल्टन होटलमा एक मिटिङमा सहभागी हुन ब्रायन होटलतर्फ जाँदै गर्दा यो घटना भएको थियो । घटना लगतै प्रहरीले शुरु गरेको अनुसन्धानका क्रममा सीसीटिभी फुटेजलाई आधार मानेर संधिग्द व्यक्तिको तस्बीरहरु सार्वजानिक गरेको थियो । 

प्रतिक्रिया