२७ चैत २०८२, शुक्रबार
Fri, Apr 10, 2026
SUBSCRIPTION

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

निबार बिहानै सयौंको संख्यामा पुगेका प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित घरबाट र पूर्व गृहमन्त्री लेखकलाई कटुन्जेस्थित निबासबाट पक्राउ गरेको हो ।
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ


काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । शनिबार बिहानै सयौंको संख्यामा पुगेका प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित घरबाट र पूर्व गृहमन्त्री लेखकलाई कटुन्जेस्थित निबासबाट पक्राउ गरेको हो ।

प्रहरीले शुरुमा पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरेपछि ओलीलाई पक्राउ गर्न गुण्डु पुगेको थियो । जेनजी आन्दोलनमा भएको हत्याको घटना बारे छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठीत छानविन आयोगको प्रतिवेदन कार्यान्वयनका लागि उनीहरुलाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ । शुक्रबार नयाँ सरकार गठन भए लगतै गृहमन्त्री सुदन गुरुङले ओली र लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन–जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गर्ने भएको हो । 

प्रतिक्रिया