१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

प्रदिप शाहीको एक्लो– १ को प्रिमियर शो डिसेम्बर २८ मा अमेरिकाको न्यू योर्कमा हुँदै

प्रदिप शाहीको एक्लो– १ को प्रिमियर शो डिसेम्बर २८ मा अमेरिकाको न्यू योर्कमा हुँदै

न्यू योर्क। प्रदिप शाही निर्देशित बैज्ञानिक कल्पनामा आधारित साइफाइ थ्रिलर चलचित्र एक्लो को प्रिमियर शो अमेरिकामा हुँदैछ एनवाइसी नेपाली लाइफस्टायलले यही डिसेम्बर २८ मा न्यू योर्कमा अवस्थित म्युजियम अफ मुभिङ इमेज क्वीन्समा एक्लो को प्रिमियर शो गर्न लागेको हो प्रिमियर शो दिउँसो बजेबाट शुरु हुने  

एनवाइसी नेपाली लाइफस्टायलका प्रबन्धक सुनिल मगरले नेपाली चलचित्रका क्षेत्रका लागि एक्लो को प्रिमियर शो न्यू योर्कबाट शुरु हुनु ठुलो उपलब्धी भएको बताए एनवाइसी नेपाली लाइफस्टायलका प्रबन्धक मगरले नेपाली चलचित्रलाई न्यू योर्कबाट प्रिमियर शो गरेर विश्व सामु लैजाने कोशिष गरेको बताउँदै शो मा उपस्थित भई हौसला प्रदान गर्न सहयोग गरिदिन अनुरोध गरे प्रिमियर शो का लागि निर्देशक शाही, नायक प्रदिप खड्का तथा बेलायती कलाकार जेमी बेकन अमरिका आउने भएका छन्  

प्रिमियर शो अघि रेड कार्पेट तथा शो पछि निर्देशक, नायक तथा कलाकारहरुसँग क्यूएनए सेसन समेत राखिएको प्रिमियर शो पछि एक्लो जनवरी बाट विश्वभरी प्रदर्शन गर्ने भएको  

तेश्रो चलचित्रका लागि न्यू योक आउन पाउँदा आफु एकदमै उत्साहित भएको बताउँदै निर्देशक शाहीले नेपाली डायस्पोराका दर्शकको अपार माया समर्थनले न्यू योर्क आउँदा आफ्नो घर आए जस्तो अनुभव भएको बताए नेपाली चलचित्रमा नयाँ विधाको खोजको प्रयासलाई साथ सहयोग गरी प्रिमियरमा उपस्थित भईदिन निर्देशक शाहीले अनुरोध गरेका छन्  

शो को टिकट अनलाइनमार्फत एभेन्टब्राइटडटकम गोर्खाली रेष्टुरेन्ट एण्ड बार, फार्जी हिमालयन बार एण्ड ग्रिल, नमस्ते वायरलेस, सिग्मा प्रिन्ट एण्ड डिजाइनमा फिजिकल टिकट लिन सकिने आयोजकले जनाएको टिकटको मुल्य भिआइपीको लागि सय डलर, साधारण प्रवहको लागि ३० डलर तथा विद्यार्थीका लागि २० डलर तोकिएको  

शाही प्रोडक्सनमा निर्मित तथा नेपालमा छायांकन गरिएको चलचित्र एक्लो मा नायक खड्कासहित बिजय लामा, दिया पुन, कविता नेपाली, बेनिशा हमाल, दिनेश डिसी, सुरजसिंह ठकुरी लगायत विभिन्न कलाकारहरुको अभिनय रहेको शाहीको लेखन तथा निर्देशन रहेको चलचित्रको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् यो चलचित्रमा भिएफएक्स प्रयोग गरिएको  

शाहीले यसअघि नेपाली वीर गोर्खालीहरुको कथा समेटिएको गोर्खाः  विनिथ बे्रभरी अन्तिम संस्कार निर्देशन गरेका थिए निर्देशक शाही तथा नायक खड्काले यसअघि कान्समा फिल्म फेस्टिबल २०२५ मा सहभागी भई चलचित्रको बारेमा प्रचार गरेका थिए  

 

 

 

 

प्रतिक्रिया