न्यू योर्क । युनाइटेड शेर्पा एसोसिएसन इंक (शेर्पा किदुग) न्यू योर्कले २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार विविध साँस्कृतिक कार्यक्रमसाथ मनाएको छ ।
बौध्द धर्मलाम्बिहरुको महान चाड २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुगले विविध साँस्कृतिक कार्यक्रम गरी लोसार सांस्कृतिक कार्यक्रम तिब्बती सामुदायिक केन्द्रमा मनाएको हो । कार्यक्रम २ चरणमा सञ्चालन गरिएको थियो । प्रमुख अतिथि टुल्कु उर्गेन शेर्पाले उद्घाटन गरेका थिए। रिग्सुङ लोप्टाका बालकालिकाहरुले मोलम वाचन गरेरका थिए। रिग्सुङ लोप्टाका महिलाहरुले शेर्पा गीत गाएर उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए। किदुगका उपाध्यक्ष साङबु शेर्पाले लोसारको शुभकामना व्यक्त गर्दै स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा शेर्पा संस्कार संस्कृति जगेर्ना गर्नका लागि सहयोग गर्नु हुने स्वयंसेवकहरुलाई अवार्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो । किदुगका प्रवक्ता दावा याङजी शेर्पापे पनि ल्होसारको शुभकामना व्यक्त गरेका थिए। किदुगका अध्यक्ष इन्जिनियर तेम्बा शेर्पाले लोसरको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
डिष्ट्रिक्ट ३० का एसेम्बली मेम्बर जेनिफर राजकुमारले शेर्पाहरुको बहादुरीको प्रशंसा गरेको थिए। महासचिव साङदोर्जे शेर्पालेऔपचारिका कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले लोसारको अवसरमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममको दोश्रो चरणमा साँस्कृतिक कार्यकम्र सञ्चालन गरिएको थियो । रिग्सुङ लोप्टाका महिलाहरुले सेबु्र प्रस्तुत गरेका थिए। टिपिकल शेर्पा पोशाकमा ठाँटिएर स्टेजमा उपस्थित भएका डिजे जाङबुले टुंना बजाउँदै शेर्पा भाषाको गीत गाएर दर्शकलाई स्वागत गरेका थिए। बाल कलाकारहरुले टुंना प्रस्तुत गरेका थिए। रिग्सुङ लोप्टाका बालकहरुले शेर्पा पोशाकमा नृत्य प्रस्तुत गर्दा हलमा उपस्थित सबैले वान्स मोर वान्स मोर भनेर बालकालिकाहरु कार्यक्रममा शेर्पाहरुको संस्कृति, भाषा र पोशाकलाई जीवन्त राख्ने सेबु्र नृत्य र टुङ्नाको सांगीतिक धुन सहित अन्य शेर्पा साँस्कृतिक नृत्यहरूको प्रस्तुत गरिएको थियो । शेर्पा संस्कार र संस्कृति झल्कने टुंना, सेबु्र नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मिस मंगोल पासाङ डोल्मा शेर्पा, स्थानिय गायकहरु फारा डेण्डी शेर्पा, वाङदी शेर्पा, छिरिङ शेर्पा, र गम्बु शेर्पाले शेर्पा भाषाको गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा पहिलो चोटी हिमाल आरोहण सफलतापूर्वक सम्पन्न गरेको दृश्यलाई नाटक मार्फत प्रस्तुत गरिएको थियो, त्यो दृश्य हेरेर अधिकांश सहभागीहरु भावुक बनेका थिए।
कार्यक्रममा नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका प्रविशा अधिकारीको विशेष प्रस्तुति रहेको थियो । युवा गायक गम्बु शेर्पाको दमदार प्रस्तुतिले उपस्थित सबैलाई नचाएका थिए।
शेर्पा परम्परागत नृत्य शेर्पा संस्कृति केन्द्र रिग्शुङ लोप्टाबाट विशेष शेर्पा परम्परागत नृत्य प्रदर्शन गरिएको छ। नेपाली फिल्म क्षेत्रका ख्याती प्राप्त प्रसिद्ध कोरियोग्राफर गोविन्द राईले एउटा विशेष नृत्य प्रस्तुत गरेका थिए।
तिब्बती सामुदायिक केन्द्रमा भएको कार्यक्रम साँझ ६ बजे देखि शुरु भई राति २ बजे सम्म चलेको थियो । कार्यक्रममा झण्डै ६ सय ५० बढी सहभागी थिए। साँस्केतिका कार्यक्रम दाजिमा शेपाले सञ्चालन गरेकी थिइन् ।
यसअघि किदुगले विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रम गरेको थियो । किदुगले लोसारलाई उत्सवको रुपमा मनाएको महासचिव साङदोर्जे शेर्पाले जानकारी दिए। किदुगले धर्मावलम्बीहरुको लागि पहिलो पटक बुद्ध अवशेष (बुद्धका पवित्र अस्तु धातु )को दर्शन गर्ने अबसर प्रदान गरेको थियो ।
किदुगले फेबु्रअरी २८ शुक्रबार र मार्च १ शनिबारको दिन शेर्पा किदुग गुम्बामा बुद्ध अवशेष ( बुद्धका पवित्र अस्तु धातु) को दर्शन गर्ने व्यवस्था मिलाएको किदुगका महासचिव साङदोर्जे शेर्पाले जानकारी दिए। महासचिव शेर्पाले धर्मावलम्वीहरुलाई बुद्धको पवित्र अस्तु धातु दर्शन गर्ने अवसर प्रदान गर्न पाउँदा खुशी लागेको बताए।
त्यस्तै मार्च २ आइतबार शेर्पा किदुगमा लोसार उत्सव कार्यक्रम आयोजना गर्यो। किदुगले तेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिटको सडक बन्द गरीहर्सोल्लासका साथ खुल्ला सडकमा नै लोसार मनाएको हो । सबै शेर्पाहरु परम्परागत पोशाकमा सजिएर भेला भएका थिए।





प्रतिक्रिया