१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

प्रथम शहीद लखन थापा मगरको स्मृतिमा न्यू योर्कमा कार्यक्रम

प्रथम शहीद लखन थापा मगरको स्मृतिमा न्यू योर्कमा कार्यक्रम

 

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवसमा कार्यक्रम आयोजना गरेको छ। फिप्नाले प्रथम शहीद लखन थापा मगरको १४८औ स्मृति दिवसमा कार्यक्रम गरी मनाएको हो कार्यक्रममा नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नोवल किशोर साह सुडी, प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठ संविधानसभा सदस्य कमला बिश्वकर्माको समेत उपस्थिति थियो  

कार्यक्रममा प्रमुख अतिथि मन्त्री नोवल किशोर साहले नेपालको प्रथम शहीद लखन थापा मगरको फोटोमा खादा, फूल तथा दीप प्रज्वल गरी एक मिनेट मौनधारण गरी उद्घाटन गरिएको थियो। मन्त्री साहले नेपालको प्रथम शहीद लखन थापामगरले गर्नु भएको योगदानको चर्चा गर्दै जनजाति, दलित, मधेसीहरू आफÞनो अधिकार स्थापित गर्नको लागि एकजुट भई आगाड़ी बढनुको विकल्प नरहेको बताए। प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठले प्रथम शहीदको मार्ग दर्शन त्यागको सम्मान गर्दै नेपालको समसामयिक राजनीतिको बारेमा आफÞनो धारणा व्यक्त गरिन्। प्रतिनिधिसभा सदस्य श्रेष्ठले सिंगो लिम्बु जाति समुदायको आस्थाको धरोहर साँस्कृतिक सम्पदा मुकुम्लुङमा हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिइन्  श्रेष्ठले भनिन्, यदि जबरजस्ती गरी केवलकार निर्माण गरीएमा दीर्घकालीन रुपमा संचालन नहूने दैवी शक्तिले निर्माण कार्यमा संलग्न व्यक्तिलाई असर पुग्न सक्छ। 

संविधानसभा सदस्य कमला बिश्वकर्माले प्रथम शहीदलाई वर्षमा एक पटक मात्र नभई हरेक दिन सम्झनको लागि लखन थापाको नाममा स्वास्थ तथा शैक्षिक संस्था स्थापना गर्नुपर्ने तर्क गरिन्।

फिप्नाका संघीय परिषदको उपसभामुख निमा गोले , तामाङ, सामाजिक अभियन्ताहरू केशबराम राई, समीर महर्जन, शेर्पा किदुकका अध्यक्ष तेम्बा शेर्पा कलाकार संघकी अध्यक्ष बसन्ती राईले पनि मन्तब्य राखेका थिए। 

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव दीपक चौधरीले सञ्चालन गरेका थिए। फिप्नाका सचिब शान्ति गुरुङले सहभागीहरूलाई स्वागत गरेकी थिइन्। 

फिप्नाले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस विगत देखी मनाउदै आईरहेको

प्रतिक्रिया