न्यू योर्क। पिपुल्स बजेट कोअलिएसनले न्यू योर्क सिटीका मेयर एरिक आडम्सको आर्थिक वर्ष २०२६ को प्रस्तावित बजेट प्रति विरोध अभियान सुरु गरेको छ।
उनीहरूले ‘अर्लि चाइल्डहुड एजुकेसन’ कार्यक्रम नराखेको, तीन र चार वर्षका बालबालिकाको शिक्षा कार्यक्रम ‘प्रि—के’ को थप बजेट कटौती गरेको, पार्क र सिटी युनिभर्सिटीको बजेट कटौतीलाई निरन्तरता दिइएको, अघिल्लो वर्ष समावेश ‘समर राइजिङ’ र ‘रेस्टोरेटिभ जस्टिस’ जस्ता महत्वपूर्ण शैक्षिक कार्यक्रमलाई बजेटको सुनिश्चितता नगरेको भन्दै मेयर आडम्सको प्रस्तावित बजेटको विरोध गरेका हुन्।
कोलियसनले बुधबार बिहान ११ बजे म्यानह्याटनको ५२ चेम्बर स्ट्रिटमा विरोध कार्यक्रम राखेको थियो। अत्याधिक चिसोका बावजुद कोलियसनमा आवद्घ संस्थाका करिब तीन सय मानिस विरोध कार्यक्रममा सहभागी थिए। यसरी विरोध गने
अहिलेको बजेट सामान्य अवस्थाको बजेट होइन। गत सातामात्र इलन मस्कले न्यू योर्क सिटीका बासिन्दाबाट ८० मिलियन चोरेको पत्ता लाग्यो। अर्बपतिहरूको एजेण्डा र यस्तो चोरी यो सह्य छैन। म ल डिपार्टमेन्टलाई अदालत जान र चोरिएको बजेट फिर्ता गर्न माग गर्छु। ल डिपार्टमेन्टले यो शुक्रबार अदालत जाने बचन दिएको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएसएस) सेक्रेटरी क्रिस्टी नोम र डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डज) प्रमुख इलन मस्कले गत साता उक्त रकम न्यू योर्क सिटीको ब्याङ्क खाताबाट फिर्ता लगेको जनाएका थिए। उक्त रकम आप्रवासीलाई आपतकालीन व्यवस्थापन गर्ने फेडेरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फेमा) ले आप्रवासीलाई होटेल व्यवस्थापन गर्ने लगायतका काममा खर्च गर्दै आएको थियो।
न्यू योर्क सिटी कम्प्ट्रोलर ब्राड ल्याण्डरले प्रस्तावित बजेटमा न्यू योर्क सिटीको विद्यालयको ९३ मिलियन डलर, क्युनी (सिटी युनिभर्सिटीको एक सय १४ मिलियन डलर चायल्ड केयरको दुई सय २२ मिलियन डलर कटौती गरिएको बताए। ‘यस्तो बजेट कटौती सह्य छैन,’ उनले भने, ‘बजेट कटौती सह्य छैन। कटौती सह्य छैन। हाम्रो मेयरले बालबालिका लागि विद्यालयमा सीट उपलब्ध हुनेछ भनेर १० औं हजार परिवारलाई ढाँटेका छन्। तर, बजेट कटौती गरेपछि उनीहरूका तीन वर्ष उमेरका बालबालिकाका लागि विद्यालयमा सीट हुने छैन।’
कम्प्ट्रोलर ल्याण्डरले मेयर आडम्सले चाइल्ड केयर सेन्टर नै बन्द गर्ने धम्की दिन थालेको बताए। ‘हामीलाई जनताको आवश्यकता सम्बोधन गर्ने बजेट चाहिएको छ,’ उनले भने। कम्प्ट्रोलर ल्याण्डर न्यू योर्क सिटीको आर्थिक प्रशासन प्रमुख हुन्।

स्टेट एसेम्ब्ली मेम्बर इमिली ग्यालाघरले कामदार नभए न्यू योर्क सिटी सफल नहुने बताइन्। ‘अहिले एरिक आडम्स र डोनाल्ड ट्रम्पले टेक्नो फ्युडलिज्ममा आधारित शासन चलाएका छन्। हामीलाई ब्यबसायी, नीजि कम्पनी, कर्पोरेसन र एलिटहरुले पूर्ण रुपमा नियन्त्रण गरेका छन्,’ उनले भनिन्, ‘उनीहरुको स्वामित्वमा सबैकुरा छ। उनीहरूले हाम्रो खानाको मुल्यदेखि सबै कुरा नियन्त्रण गर्छन्। उनीहरूले जे दिन चहान्छन् त्यो दिन सक्छन्। जे खोस्न चहान्छन त्यो खोस्न सक्छन्। हामी त्यस्तो हुन नदिन यहाँ उभिएको छौं र पहिलो कदम भनेको होकुलले आडमलाई हटाउनु हो। टेक्नो फ्युडलिज्मप्रति न्यू योर्क स्टेट सहमत छैन भन्ने देखाउनु हो।’
कार्यक्रममा सहभागीहरुले आडमलाई राजिनामा दिन र गभर्नर क्याथी होकूललाई मेयर आडम्स हटाउन माग गर्दै नाराबाजी गरेका थिए। पिपुल्स बजेट कोअलिएसनमा देसिज राइजिङ (ड्रम), अलायन्स फर क्वालिटी एजुकेसन, जुइस फर रेसियल एण्ड इकोनोमिक जस्टिस, न्यू योर्क कम्युनिटिज फर चेन्ज (एनवाईसीसी), मेक द रोड न्यू योर्क, न्यू योर्क सिटी डीएसए लगायतका संस्था छन्। उनीहरूले मुख्य रुपमा २०२६ को बजेटमा ‘पब्लिक एजुकेसन प्रोग्राम’ का लागि ९३ दशमलव तीन मिलियन डलर, क्युनीका लागि एक सय १४ मिलियन डलर र आप्रवासी ब्यबस्थापनका लागि एक सय ३४ मिलियन डलर माग गरेका छन्।
मेयर आडम्सले आर्थिक वर्ष २०२६ का लागि एक सय १४ दशमलव पाँच बिलियन (अर्ब) डलरको बजेट प्रस्ताव गरेका छन्। यो चालू आर्थिक वर्षको तुलनामा दुई दशमलव ५ बिलियन डलर बढी हो।






प्रतिक्रिया