१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

भाडावालले ब्रोकर फी तिर्नु नपर्ने कानून सिटी काउन्सिलमा पारित

ब्रोकर फी अन्त्य गर्ने प्रावधान रहेको फेयरनेस इन अपार्टमेन्ट रेन्टल एक्पेन्सेस (फेयर) एक्ट नामक सो विधेयकमाथि बुधबार सिटी काउन्सिलमा भएको मतदानमा ४८ मत सहीत विधेयक पारित भएको हो । विधेयकको विपक्षमा ८ मत परेका थिए ।
भाडावालले ब्रोकर फी तिर्नु नपर्ने कानून सिटी काउन्सिलमा पारित


न्यूयोर्क । घर तथा अपार्टमेन्ट भाडामा लिँदा भाडावालाले ब्रोकर फी तिर्नु नपर्ने कानून न्यूयोर्क सिटी काउन्सिलमा पारित भएको छ । ब्रोकर फी अन्त्य गर्ने प्रावधान रहेको फेयरनेस इन अपार्टमेन्ट रेन्टल एक्पेन्सेस (फेयर) एक्ट नामक सो विधेयकमाथि बुधबार सिटी काउन्सिलमा भएको मतदानमा ४८ मत सहीत विधेयक पारित भएको हो । विधेयकको विपक्षमा ८ मत परेका थिए । 

पारित विधियक मेयरले प्रमाणित गरेपछि कानून बन्नेछ । यो कानून पारित भएको ६ महिनापछि लागु हुनेछ । यो कानून पारित भएपछि एजेण्टलाई तिर्नुृ पर्नेे ब्रोकर फी भाडावालाले नभई घर वा अपार्टमेन्ट धनीले तिर्नुपर्नेछ । घर तथा अपार्टमेन्ट धनीहरूले भाडावाला खोज्न ब्रोकर नियुक्त गरेका हुन्छन् ।

न्यू योर्क सिटीमा ब्रोकरले वार्षिक भाडाको न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्म ब्रोकर फी असुल्ने गरेका छन्। त्यस्तो फी न्यूनतम दुई हजार डलरदेखि २० हजार डलरसम्म हुने गरेको छ । घर जग्गा व्यवसायीहरूले भने यो विधियकको चर्को विरोध गर्दै आएका थिए । 

सिटी काउन्सिल मेम्बर ची ओसेको पहलमा आएको यो विधेयक पारित भएपछि उनले खुशी व्यक्त गरेका छन् । बुधबार सिटी हलमा पत्रकार सम्मेलन गर्दै काउन्सिल मेम्बर ओसेले यो न्यूयोर्कबासीको जीत भएको बताए । 

यता रेन्टल व्यवसायीहरुले भने यो कानून आएपछि घरधनीहरुले भाडा बढाउन सक्ने भन्दै यसबाट भाडावालहरु भ्mन मारमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

प्रतिक्रिया