१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

न्यूयोर्क सिटी कन्ट्रोलर कार्यालयद्धारा दीपावली विषेश कार्यक्रम आयोजना

नेपाली, भारतीय र बंगाली समुदायको उपस्थितिमा बुधबार क्वीन्स काउन्टीको रिजमण्डमा आयोजना भएको कार्यक्रममा न्यूयोर्क सिटीका कन्ट्रोलर ब्राड ल्यण्डरले दीपावलीको अवसरमा सबैमा शुभकामना दिए ।
न्यूयोर्क सिटी कन्ट्रोलर कार्यालयद्धारा दीपावली विषेश कार्यक्रम आयोजना

 

न्यूयोर्क । न्यूयोर्क सिटी कन्ट्रोलर कार्यालयले दीपावलीको अवसरमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।नेपाली, भारतीय र बंगाली समुदायको उपस्थितिमा बुधबार क्वीन्स काउन्टीको रिजमण्डमा आयोजना भएको कार्यक्रममा न्यूयोर्क सिटीका कन्ट्रोलर ब्राड ल्यण्डरले दीपावलीको अवसरमा सबैमा शुभकामना दिए । न्यूयोर्क सिटी विविधताको हिसाबले अमेरिकाकै अनुपम शहरको रुपमा रहेको चर्चा गर्दै कन्ट्रलर ल्यडरले इमिग्रेन समुदायको विविध संस्कृति परम्परा र पर्वहरुलाई सम्बद्र्धन गर्न सिटी सरकार कटिबद्ध रहेको बताए । 

इमिग्रेन्ट समुदायप्रति कतिपयले नकारात्मकता फैलाउन खोजिरहेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधि कहिल्यैपनि सफल हुन नसक्न बताए । कन्ट्रालर ल्यण्डरले समाजमा ल्याउन खोजिएको अँध्यारा पक्षलाई दीपावलीको प्रकाशले उज्यालोमा परिणत गर्ने बताए । 

कार्यक्रममा सिटी कन्ट्रोलर कार्यालयका मानव संशाधन निर्देशक अमनप्रीत सिंहले न्यूयोर्क सिटीले पहिलो पटक दीपावलीको अवसरमा विद्यालयहरुमा विदा घोषणा गर्न सफल भएको भन्दै हरेक समुदायको संस्कृति र पर्वहरुको समान ढंगले विकास गरिने बताए । सो अवसरमा न्यूयोर्क सिटीका पदाधिकिारीहरु, एसेम्बली मेम्बर लगायतले दीपावलीको अवसरमा हिन्दु समुदायलाई शुभकामना दिएका थिए । 

कार्यक्रममा दक्षिण एसियाली मुलका समुदायमाझ विषेश योगदान पुर्याएका व्यक्ति तथा संघसंस्थाहरुलाई सिटी कन्ट्रोलरको कार्यालयद्धारा सम्मान गरेका थिए । यसरी सम्मानित हुनेहरुमा अमेरिकामा नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढाउदै आएका सरल नेपालीकी संस्थापक पद्मा लिंखामगर, दक्षिण एसियाली मुलका समुदायमाझ हाउजिङ तथा अन्य क्षेत्रमा काम गर्दै आएका संस्था छायाका कार्यकारी निर्देशक अनिता सिचारण, साउद क्वीन्स वमन मार्च र युनाइटेट शिख संस्थालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा शान्ति भवन युवा समूह र साउद एसियन डान्स मण्डलीका कलाकारहरुले आकार्षक नृत्यहरु प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया