१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

रेने र प्रतिक्षाको द जोयोस फोर्ट, आवर होमल्याण्ड इन थिनि नामक पुस्तक न्यू योर्कमा लोकार्पण

रेने र प्रतिक्षाको द जोयोस फोर्ट, आवर होमल्याण्ड इन थिनि नामक पुस्तक न्यू योर्कमा लोकार्पण

न्यू योर्क। रेने थकाली प्रतिक्षा थकालीद्धारा लिखित जोयोस फोर्ट, आवर होमल्याण्ड इन थिनि नामक पुस्तक न्यू योर्कमा लोकार्पण गरिएको लेखिका रेनी सहलेखिका प्रतिक्षाले गएको आइतबार उडसाइडमा अवस्थित ङ्यात्सो क्याफेमा किताव सार्वजनिक गरेका हुन् उनीहरुको पहिलो बुक साइनिङपछि लेखिकाद्धयले सहभागीहरुसँग प्रश्नोत्तर सेसन गरेका थिए हिमपात पानी परेर ठिहिर्याउने जाडो प्रतिकुल मौसम भएपनि बुक साइनिङका लागि समयमा नै सहभागीहरु उपस्थित भएका थिए  कितावमा थकाली जातिको पारिवारिक इतिहास थकालीहरुको बसोबास रहेको मुस्ताङको थिनिको बारेमा लेखिएको लेखक रेनेले बताए सहलेखिका प्रतिक्षा थकालीले थकाली थिनिको बारेमा किताब प्रकाशन गर्नु एउटा सपना भएकोले सपना साकार भएकोमा आफुलाई एकदमै खुशी लागेको बताइन् उनले कितावको लेखनपछि आफुले थकाली संस्कार संस्कृतिबारेमा अझ गहिरो रुपमा बुझ्ने अवसर पाएको बताइन् उनले भनिन, यो पुस्तक हाम्रो थकाली पारिवारिक इतिहासलाई जीवित राख्ने एउटा अभियान हो यो पुस्तकमा तस्विरमार्फत थकालीहरुको जीवनशैली, संस्कार संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नको लागि पनि सहयोग पुग्न लेखकद्धयको विश्वास पुस्तकमा समावेश कतिपय तस्विरहरु झण्डै ४० बर्षभन्दा पहिले खिचिएको , ती तस्विरहरुले त्यो समयको थकाली जातिको जीवन शैलीलाई उजागर गरेको छ। 

लेखक रेने १९७७ मा नेपालमा पिसकोरको माध्यमबाट स्वयंसेवकको रुपमा काम गर्ने सिलसिलामा नेपाल पुगेका थिए रेनेले आफ्नो श्रीमान आइत बहादुर थकालीलाई थिनीमा नै भेटेका थिए किताव नेपालीमा भाषामा पनि चाँडै प्रकाशन हुने तयारी भईरहेको लेखक रेनेको भनाइ कार्यक्रममा नेपाली डायस्पोरा तथा विदेशीहरुसमेत सहभागी थिए लेखक थकालीले कार्यक्रममा उपस्थित भई हौसला प्रदान गरेर माया दिएकोमा सबैलाई धन्यवाद व्यक्त गरिन् सिटी युनिभर्सिटी, न्यू योर्कबाट विजिनेश एडमिनिष्टे्रसनमा व्याचर डिग्री गरेका प्रतिक्षा गैरनाफामुलक संस्थामा विश्लेषकको रुपमा कार्यरत छन् आफ्नो संस्कार, संस्कृतिलाई जीवित राख्नको लागि नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि यो पुस्तकले सहयोग पुरयाउने उनको भनाई किताबको मुल्य २५ डलर तोकिएको

प्रतिक्रिया