२८ भदौ २०८३, आइतबार
Sun, Sep 13, 2026
SUBSCRIPTION

सिन्धु दिपावली साँझ तथा १५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

सिन्धु दिपावली साँझ तथा १५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

न्यू योर्क। सिन्धु यूएसए वेलफेयर सोसाइटीको आयोजनामा सिन्धु दीपावली साँझ तथा १५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको एजुकेसन फर अल भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम न्यूयोर्क सिटी डिस्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभन रागाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो रागाले पानसमा दिपप्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए सिन्धु समाजका अध्यक्ष पासाङ नोर्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिन्धु समाजका संस्थापक अध्यक्ष बंशलाल मोक्तान विशेष अतिथिको रुपमा सहभागी भएका थिए  

कार्यक्रममा चर्चित गायिका शशिकला मोक्तान , कलाकार तथा २१ औं पटक वल्र्ड गिनिज बुकमा नाम लेखाउन सफल पार्कर खेलाडी दिनेश सुनार पार्क, कोरियोग्राफर शिब बि.., गायक गोम्बु शेर्पा लगायत कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो लकेश श्रेष्ठ पासाङ डोल्मा शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए  

एजुकेसन फर अल भन्ने मुल नाराका साथ सम्पन्न दिपावली साँझ तथा देउसी भैलो कार्यक्रममा स्थानिय निकायका विभिन्न प्रतिनिधिहरु, नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो देउसी भैलो कार्यक्रममा एजुकेसन फर अल अभियानलाई सफल बनाउनका लागि सहभागीहरुले रकम दान गरेका थिए दीपावली साँझमा समाजसेवी श्याम कार्कीले सिन्धु समाजको एजुकेसन फर अल भन्ने अभियानलाई पुर्णता दिन नेपाल स्थित सिन्धुपाल्चोकमा रहेको एक अनाथ असहाय बालकको उज्ज्वल भविष्यका लागि कक्षा १२ सम्मको निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन्। 

आयोजकको सिन्धु दीपावली साँझ एउटा महत्वपुर्ण उपलब्धि रहेको बताउँदै कार्कीलाई हार्दिक आभार व्यक्त गरे। 

कार्यक्रमममा अक्टोबर १५ तारिख सम्पन्न सिन्धु दीपावाली फूटबल कपका उपविजेता फस्ट रनर अप विजेता च्याम्पियन अफ इयरको उपाधी खेलाडीहरुको सहभागीतामा टिम क्याप्टेनलाई हस्तान्तरण गरिएको थियो। यस्ता कार्यक्रमले खेलप्रेमि युवाहरुलाई थप उर्जा हौसला पैदा गरेको आयोजकको विश्वास छ। 

दीपावली साँझलाई सभ्य भव्य रुपमा सम्पन्न गराउन खेलकुद संयोजक लगायत खेलाडीहरु, उपस्थितमा न्यूयोर्कबासी नेपालीहरुलाई सहभागीता भई कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै सम्पुर्ण सहयोगी दाताहरुप्रति सिन्धु परिवारले हार्दिक आभार व्यक्त गरे। 

प्रतिक्रिया