न्यू योर्क। पूर्ण राई एण्ड दाजुभाइहरुले अमेरिकाको न्यू योर्कमा प्रस्तुति दिदैछन् । ठमेल एनवाइसी इभेन्ट्सको आयोजनामा अगष्ट १६ तारिख न्यू योर्कको मेलरोज बलरुममा पूर्ण राई एण्ड दाजुभाइहरुले प्रस्तुति दिन लागेको हो । नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्दै अन्तराष्ट्रिस्तरमा प्रस्तुत गरेर नेपाली गीत संगीतप्रेमीहरुलाई मनोरञ्जन दिनको लागि पूर्ण राई एण्ड दाजुभाइहरुको प्रस्तुति आयोजना गर्न लागेको आयोजक लेलिन कँडेलले जानकारी दिए । झण्डै १५ सय जनाको क्षमता भएको हलमा हुन लागेको पूर्ण राई एण्ड दाजुभाइहरुको प्रस्तुति शुरु हुनुअघि अनुपमा र दिवस गुरुङ एण्ड व्याण्डले ओपनिङमा प्रस्तुति दिदैछन्। पूर्ण राई एण्ड दाजुभाइहरुको युएस टुरको पार्टनर ठमेल एनवाइसी इभेन्ट्स हो। पूर्ण राई एण्ड दाजुभाइहरुले न्यू योर्कसहित अमेरिकाको १० वटा शहरहरुमा प्रस्तुति गर्दैछन् । अगष्ट १ मा टेक्सासको ड्यालसबाट पूर्ण राई एण्ड दाजुभाइहरुले प्रस्तुति शुरु गरेको हो । पूर्ण राई एण्ड दाजुभाइहरुले अष्टिन, सानफ्रान्सिस्को, सिनसिनाटीमा आफ्नो प्रस्तुति दिईसकेका छन् । न्यू योर्कपछि उनीहरु ह्यारिसवर्गमा प्रस्तुति दिने छन् । त्यसपछि, उनीहरुले कोलोराडो, पिट्सवर्ग, नर्थक्यारोलिन र अन्त्यमा सेप्टेम्बर ६ मा युटामा अन्तिम प्रस्तुति दिनेछन् । पूर्ण राई एण्ड दाजुभाइहरुको तिम्रो माया उनान्सय लगायतका गीत लोकप्रिय छन् । पूर्ण राई एण्ड दाजुभाइहरुको प्रस्तुतिमा २१ बर्ष पुगेकाहरु सहभागी हुन सक्नेछन् । टिकट अनलाइनमार्फत र ज्याक्सन हाइटका विभिन्न नेपाली स्टोरहरुबाट लिन सक्ने छ । जनरल टिकटको मुल्य ८० डलर र भिआइपी टिकटको मुल्य १२५ डलर तोकिएको आयोजकले जनाएको छ। ठमेल एनवाइसी इभेन्ट्सले नेपाली गीत संगीतको प्रवद्र्धन र अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । बेलुकी १० बजे शुरु हने सो बिहान ४ बजे सम्म चल्ने छ सो पछि डिजेको प्रस्तुति हुने छ। ठमेल एनवाइसी इभेन्ट्सले सुशाान्त केसी, सज्जनराज वैद्य, जोन राई, द एलिमेन्ट्स व्याण्ड लगायत चर्चित गायकहरुको सो गरिसकेको छ ।





प्रतिक्रिया