न्यूयोर्क । मध्ये हिउँदमा बढ्दै गएको चिसोकावीच लगतारको हिमपातका कारण अमेरिकाको मध्ये, पूर्वी र केही दक्षिणी राज्यहरुमा जनजीवन प्रभावित भएको छ । केही राज्यमा राज्य सरकारले आपतकालीन अवस्था समेत घोषणा गरेका छन् । कान्सास र मिसौरी राज्यमा गरी तीन जनाको मृत्यु भएको छ भने प्रभावित क्षेत्रमा विद्यालय बन्द हुनुकासाथै हजारौंको संख्यामा हवाई उडान समेत अवरुद्ध भएको त्यहाँका स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
हिउँआधिका कारण वाशिङटन डीसी, मेसिसिपी, ओहायो, पेंसिलभानिया, भर्जिनिया, पश्चिम भर्जिनिया, केन्टकी र म्यारिल्याण्ड, न्यूयोर्क, टेक्सास जस्ता राज्यहरुको जनजीवनमा गम्भीर असर परेको छ । लगतारको हिउँपात र आर्कटिक हावाका कारण मानिसहरुको दैनिकीमा गम्भीर असर परेको हो । हिउँपात र आर्कटिक हावाको क्रम अझै केही दिन रहने मौसम विभागले जनाकारी गराएको छ । प्रभावित क्षेत्रहरुको तापक्रम सिंगल डिजिट फरेनहाइटसम्म पुगेको छ ।
मेसिसिपी र ओहायोका विभिन्न क्षेत्रमा तापक्रम एकल अंकमा झरेको छ । नेशनल वेदर सर्भिसका अनुसार यो हप्ता मध्य र पूर्वी राज्यहरुमा चिसो अत्याधीक बढ्नेछ । हिमआँधी दुई दिनमा टेक्सासमा आउने अपेक्षा गरिएको छ।
सोमबारको हिमपातले वाशिङटन डीसीमा जनजीवन अत्यन्तै जटिल बनाइदिएको छ । रातभरमा १२ इन्चसम्म हिउँ जम्मा भएको छ भने रोनाल्ड रिगन वाशिङटन नेशनल एयरपोर्टले सोमबार साँझ धावानमार्ग नै बन्द गरिदिएकोले हजारौं उडान रद्दा भएको छ ।
हिउँ आँधीले सार्वजनिक विद्यालयहरू पनि बन्द गरिदिएका छन् । मंगलबार पनि ती विद्यालयहरू बन्द रहने अधिकारीहरूले बताएका छन् । ओहायो, पेंसिलभानिया, भर्जिनिया, पश्चिम भर्जिनिया, केन्टकी र म्यारिल्याण्ड जस्ता राज्यहरूमा मंगलवारका लागि विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।
अमेरिकाभर ९ हजार भन्दा बढी उडानहरू ढिला वा रद्द गरिएको छ । प्रभावित राज्यहरूमा दर्जनौं ट्रेनहरू समेत रद्द गरेको छ । मानिसहरु विद्युत सेवाबाट समेत बन्चित भएका छन् । रिचमन्ड र भर्जिनियामा बिजुलीको आपूर्ति ठप्प भएपछि पानीको आपूर्तिमा पनि समस्या आएको जनाइएको छ ।
दक्षिणी राज्यहरूमा पनि सोमबार हिमपात, जमेको पानी र ओसिलो मौसमको मिश्रण थियो, र केही स्थानहरूमा बर्फ जम्ने सम्भावना १÷४ इञ्चभन्दा बढी थियो, जसले चालक र पैदल यात्रुहरूको लागि खतरनाक अवस्थाहरू सिर्जना गर्न सक्छ र बिजुलीको आपूर्ति अवरुद्ध हुन सक्छ।
तीन जनाको मृत्यु
हिमआँधी र चिसोका कारण कन्सास र मिसौरीमा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । यात्रामा निकै जोखिमपूर्ण अवस्था सिर्जना भएको बताईएको छ । कन्सास सिटी, मिसौरीका मौसम सेवाले बताए अनुसार, त्यहाँ ११ इन्च हिउँ परेको थियो, जुन पछिल्ला वर्षहरुको तुलनामा ठूलो हिमपात हो । कन्साासमा १४ इञ्चसम्म हिमपात भएको छ । मानिसहरु चिसोले घरभित्रै रहन बाध्य भएका छन् । हिउँले सडक र गाडीको ड्राइभवेहरूलाई ढाकिदिएको छ । कतिपय स्थानमा हिमआँधीसँगै गडगडाहट हावा पनि चलिरहेको छ ।
कन्सासमा यो आँधीले धेरै नोक्सानी गरेको छ । सलाइनाका पश्चिममा एउटा दमकल र केही ट्रकहरू र यात्री गाडिहरू पल्टिएका छन् । अर्को घटनामा विचिटा नजिक एक एसयूभी सडकबाट खस्दा दुई जना मृत भेटिएका थिए । यस्तै मिसौरी हाईवे पेट्रोलले राज्यभर १५० भन्दा बढी दुर्घटनाहरू भएको जनाएको छ । यसक्रममा एक ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।




प्रतिक्रिया