न्यू योर्क । पार्कर खेलाडी दिनेश सुनार २० औं पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।
सुनारले पार्कर र जिम्नास्टिक खेल अन्तरगत पर्ने द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड बिधामा १४ पटक सम्म आँखा बन्द गरी आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टि हानेर नयाँ रेकर्ड कायम गरेका हुन्।
सुनारले गएको ७ डिसेम्बर २०२४ मा अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमको अबसरमा विभिन्न फरक देशका ३०० भन्दा बढी दर्शकहरुको अगाडि रेकर्र्ड प्रस्तुत गरी उक्त रेकर्डको दाबी गिनिज बुकलाई पठाएका थिए। गिनिज बुक अफ वल्र्ड रेकर्डको हेडक्वार्टरले उक्त रेकर्डलाई २० डिसेम्बर २०२४ रेकर्डको मान्यता दिएको हो। यस संगै दिनेश २०औं पटक गिनिज बुक अफ वल्र्ड रेकर्र्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन्। यस बिधामा कम्तिमा १० पटक सम्मको मापदण्ड रहेको थियो ।
सिटी अफ एक्रोनवार्ड टु गभरमेन्टको आयोजनामा भएको फेस्टिबलमा मेक्सिको ,जर्मनी, ईन्डिया, अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सस्कृती तथा पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो
ओहायो राज्यको प्रतिनिधित्वहरु किैष्टित विडी हिघम काउन्सिल मेम्बर डिष्ट्रिक्ट ६, जेफ विल्हिट काउन्सिल मेम्बर डिष्ट्रिक्ट ४, मार्सल आर्टका प्रशिक्षकहरु हर्क तिरुवा र कौशिला खनाल जजको भुमिकामा थिए। मार्सल आर्ट खेलाडी निलम खनाल र सिटी अफ एक्रोन वार्ड टु काउन्सिल म्यान फिल लोमबार्डोले टाइम किपरमा थिए ।
रेकर्डको लागि न्यू योर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठले स्पोन्सर गरेका थिए । साथै न्यू योर्कमा रहेका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए ।





प्रतिक्रिया