१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

लंगआईल्यान्ड नेपाली समाज न्यू योर्कले बाल मनोबिज्ञान केन्द्रित कार्यक्रम गर्दै

न्यू योर्क। लंगआईल्यान्ड नेपाली समाज न्यू योर्कले बाल मनोबिज्ञान तथा बालबालिका केन्द्रित सिकाई सम्बन्धि कार्यक्रम गर्दैछ। 
बालबालिकाहरुलाई कसरी सिकाउने, किताबको प्रयोग कसरी गर्ने भन्ने बारेमा यही अक्टोबर ५ तारिखमा लेभिटाउन हल हिक्सभिलमा छलफल कार्यक्रम गर्न लागेको हो । 
बालबालिकाहरुलाई प्रोत्साहन गर्नको लागि अभिभाबकहरुलाई पनि सहभागी गराएर कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष राजन गौलीले जानकारी दिए। 
समाजको नेपाली भाषा कक्षा बिभागले बालकालिका सम्बन्धी किताब लेखक अनुजा मगर शाक्यसँग छलफल कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । 
बाल मनोबिज्ञान तथा बालकालिकाको सिकाइ सम्बन्धमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा छलफल केन्द्रित रहने छ। 
कार्यक्रममा सहभागी भई लाभ लिनको लागि बालबालिका तथा अभिभाबकहरुलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

प्रतिक्रिया