११ माघ २०८१, शुक्रबार
Fri, Jan 24, 2025
SUBSCRIPTION

फिप्ना साँस्कृतिक गालाका स्वयंसेवक तथा कलाकारहरूलाई सम्मान

न्यू योर्क, - नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले स्वयंसेवक तथा कलाकारहरूलाई सम्मान गरेको छ। फिप्नाले ज्याक्सनहाइटमा एक कार्यक्रम गरी फिप्ना साँस्कृतिक गाला कार्यक्रमका स्वयंसेवक तथा कलाकारहरूलाई सम्मान गरेको हो।

फिप्ना साँस्कृतिक गाला कार्यक्रमका सहभागी, स्वयंसेवक, कलाकारहरु, सदस्य संस्थाहरुलाई सहयोग सहकार्यको लागि फिप्नाका अध्यक्ष तोरण गुरुङ संघिय परिषदका सभामुख भारती राईले प्रशंसा-पत्र दिई सम्मान गरेको हो। 

 फिप्नाका अध्यक्ष तोरण गुरुङलेहामी सबैको सहकार्यले फिप्नालाई अझ सशक्त प्रभावशाली बनाएको बताए। नेपाली आदिवासी समुदायको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न फिप्नाको प्रयास सधैं रहने उल्लेख गर्दै यसमा सबैको निरन्तर समर्थन आवश्यक रहेको तर्क गरे। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूणर् चन्दादाता, सल्लाहकारहरु, सदस्य संस्थाका प्रतिनिधीहरु, स्वयंसेवकहरु, कलाकारहरु, सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे

फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए। उनले भने, फिप्नाका हरेक सफल कार्यक्रमहरूको पछाडि स्वयंसेवक, कलाकार सदस्य संस्थाको सकृय सहभागिता सहयोग छ।  

फिप्नाका महासचिव दिपक चौधरीले फिप्ना साँस्कृतिक गालाका कार्यक्रमले फिप्नालाई अझ शशक्त बनाउन मद्धत पुगेको बताए। 

कार्यक्रममा सभामुख, सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकार, स्वयंसेवक तथा कलाकारहरूको उपस्थिती थियो। 

फिप्नाका सचिव दाजिमा शेर्पाले फिप्नाका सदस्य संस्थाहरूको योगदान, स्वयंसेवकहरूको परिश्रम, कलाकारहरूको सृजनात्मक प्रस्तुतिले फिप्ना सांस्कृतिक गाला कार्यक्रम सफल भएको बताए। फिप्ना सांस्कृतिक गालाका संयोजक समेत रहेका शेर्पाले हाम्रो संस्कृति समुदायलाई अझ सशक्त बनाउन कार्यक्रमले मद्दत पुर्‍याएको तर्क गरे।

संघिय परिषदका सभामुख, गुरुङ (तमु) सोसाइटी युएसए, किराँत याक्थुङ चुम्लुङ, मगर संघ अमेरिका, तामाङ सोसाईटी अफ अमेरिका नेपाली अमेरिकी कलाकार संघका प्रमुख तथा प्रतिनिधिहरूले मन्तव्य राखेका थिए उनीहरुले  फिप्नाले नेपाली आदिवासी समुदायको पहिचान सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने काममा खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले भविष्यमा पनि फिप्नाले गर्ने कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया