०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

रास्वपा सभापति रवि लामिछाने पुनः पक्राउ

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने पुनः पक्राउ


काठमाडौ । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।
उनलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले नेपाली समय अनुसार शुक्रबार राति पक्राउ गरेको हो । अदालतको आदेशपछि प्रहरी टोली लामिछाने निवास बुढानीलकण्ठ पुगेको थियो । उनले विभिन्न बहानामा अलमल्याएपछि प्रहरी झन्डै १ घण्टा लामिछाने निवासमा बस्नु परेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको जिल्ला अदालत रुपन्देहीको यसअघिको फैसला उल्टाउदै सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । लामिछानेलाई थुनामै राख्न माग गर्दै रुपन्देही जिल्ला अदालतको आदेश बदर माग गर्दै जिल्ला सरकारी वकिल उच्च अदालत पुगेको थियो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो । यो सँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार रवीलाई शनिबार कसरी रुपन्देही पठाउने तयारी छ । 

 

प्रतिक्रिया