काठमाडौं । सहकारीको रकम अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने काठमाडौ अदालतबाटपनि ६० लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।
कास्कीबाट रिहा भए लगतै काठमाडौ अदालतमा बहसका क्रममा तीन दिन प्रहरी हिरासतमा बसेका लामिछाने काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । अदालतको आदेश बमोजिम लामिछानेले बैंक ग्यारेन्टीसँगै रविलाई प्रहरीले आफन्तको जिम्मा लगाएको अदालतले जनाएको छ । काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना मुद्दामा काठमाडौ जिल्ला अदालतमा तीन दिन थुनछेक बहस भएको थियो ।
लामिछाने आइतबार बिहान आफैं अदालत उपस्थित भएका थिए । तर, बयानपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई हिरासत पठाएका थिए । सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनको हिरासतपछि पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका थिए ।










प्रतिक्रिया