न्युयोर्क । न्युयोर्क सिटीका नव निर्वाचित मेयर जोह्रान मम्दानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको छ । मम्दानीले पदभार सम्हाल्नु एक साताअघि यो भेट हुन लागेको हो । राष्ट्रपति ट्रम्पले मेयरको चुनाबअघि देखि नै माम्दानीलाई कम्युनिष्ट भएको आरोप लगाउदै आएका छन् । जसका कारयण माम्दानी र राष्ट्रपति ट्रम्पवीच आरोप प्रत्यारोप चल्दै आएको छ ।
राष्ट्रपति ट्रम्पले बुधबार राति आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत बैठकबारे जानकारी दिँदै दिएका हुन् । राष्ट्रपति ट्रम्प माम्दानीले आफूलाई भेट्न अनुरोध गरेको र शुक्रबारको लागि भेटको समय तय भएको जनाएको हो । राष्ट्रपति ट्रम्पले बुधबार पनि माम्दानीलाई “कम्युनिस्ट मेयर अफ न्युयोर्क सिटी” भनेर सम्बोधन गरेका छन्। मम्दानी भने आफूलाई डेमोक्रेटिक सोसलिस्ट (लोकतान्त्रिक समाजवादी) भन्ने गर्दछन्।
ट्रम्प प्रशासनको कडा आप्रवासी नीतिको खुलेर विरोध गर्दै आएका मम्दानीले आफ्नो टोलीले न्युयोर्कवासीको चिन्ता बारे छलफल गर्न ह्वाइट हाउससँग सम्पर्क गरेको स्पष्ट न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । पारे। बुधबार राति स्थानीय टेलिभिजनलाई दिइएको अन्तर्वार्ता उदृत गर्दै आफूले राष्ट्रपतिसंग न्युयोर्कवासीको जीवनयापन र महँगीको वास्तविक अवस्थाबारे सिधै कुरा गर्ने बताएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
“म राष्ट्रपति सँग न्युयोर्कवासीका वास्तविक समस्या, यो सहर कति महँगो हुँदै गएको छ र कसरी यहाँ बाँच्न संघर्ष भइरहेको छ भन्ने कुरा खुला ढंगले बोल्न चाहन्छु,” मम्दानीले भने।
राष्ट्रपति ट्रम्पले सार्वजनिकरूपमा मम्दानीको कडा आलोचना गर्दै उनको विजय न्युयोर्कका लागि विनाशकारी हुने दाबी गर्दै आएका छन्। उनका सल्लाहकारहरूले नगर प्रमुखको चुनावमा मम्दानीलाई हराउन प्रयास गरेको तथा अन्तिम समयमा पूर्व गभर्नर एन्ड्र्यु कुमोलाई समर्थन गरेको समाचार सार्वजनिक भएको थियो ।
जनवरी १ मा पदग्रहण मिति नजिकिँदै गर्दा मम्दानीले दैनिक उपभोग्य वस्तु विशेषगरी किराना सामानको मूल्य घटाउने जस्ता एजेन्डामा ट्रम्प प्रशासनसँग केही साझा बिन्दु खोज्न सकिने संकेत दिएका छन्। मम्दानीले चुनावी अभियानमा भाडामा वृद्धि रोक्ने, घरको भाडा स्थिर पार्ने, बस सेवा निःशुल्क बनाउने र पाँच वटा सहर–स्वामित्वका किराना पसल खोलेर सहरलाई केही हदसम्म सस्तो बनाउने वाचा गरेका थिए।




प्रतिक्रिया