१४ कात्तिक २०८२, बिहिबार
Thu, Oct 30, 2025
SUBSCRIPTION

सुशील कार्की प्रधानमन्त्री नियुक्त, आजै सपथ, संसद विघटन हुने

नेपाली समय अनुसार शुक्रबार दिनभर भएको छलफलमा साँझ तिर मात्र सहमति जुटेपछि कार्की नेपालको इतिहासमा पहिलो महिलो प्रधानमन्त्रीको रुपमा नियुक्त हुन सफल भएका हुन् ।
सुशील कार्की प्रधानमन्त्री नियुक्त, आजै सपथ, संसद विघटन हुने


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायधीश सुशीला कार्कीलाई नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नेपाली समय अनुसार शुक्रबार दिनभर भएको छलफलमा साँझ तिर मात्र सहमति जुटेपछि कार्की नेपालको इतिहासमा पहिलो महिलो प्रधानमन्त्रीको रुपमा नियुक्त हुन सफल भएका हुन् । 
संसद विघटन पहिला गर्ने कि प्रधानमन्त्री पहिला नियुक्ति गर्ने भन्नेमा संबैधानिक जटिलता उत्पन्न भएपछि नियुक्तमा ढीलाई भएको हो । अन्तरिम सरकार गठनमा ढीलाई भए संकटकाल लगाउनुपर्ने चेतावनी प्रधानसेनापतिले दिएपछि राष्ट्रपति संसद विघटन गर्न सहमत भएपछि प्रधानन्त्री नियुक्तीको प्रक्रिया शुरु भएको हो ।
आन्दोलनकारी जेन जीका प्रतिनिधिहरुले संसद पहिला विघटन गर्नुपर्ने सर्त अघि सारेपछि यस बारेमा संवैधानिक जटिलता उत्पन्न भएको हो । दिनभरको छलफल पछि संसद विघटन र प्रधानमन्त्री नियुीक्त एकैपटक गर्ने र नयाँ मन्त्रीपरिषद्को पहिलो बैठकले निर्वाचन मिति तोक्ने बारेमा सहमति जुटेको राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त प्रधानमन्त्री कार्कीको शुक्रबार राती नै सितल निबासमा सपथ ग्रहण गर्ने तयारी गरेको छ। 
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबीच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।

 

प्रतिक्रिया