न्यू योर्क। मेयर एरिक आडम्सको पुनःनिर्वाचन अभियानले विनि ग्रेकोलाई निलम्बन गरेको छ। उनलाई हार्लेमको एक अभियान कार्यक्रममापछि पत्रकार केटी होनानलाई पोटेटो–चिप्सको झोलाभित्र रातो खाममा नगद दिएको अभियोगमा निलम्बन गरिएको हो।
ग्रेकोले यसरी नगद दिनु “संस्कृति–सम्बन्धी चलन” भएको भन्दै माफी मागेकी छन। उजूरी पछि ब्रुकलिन यूएस अटर्नीको कार्यालयले नखोलिएको खाम संकलन गरेको थियो।
आडम्सको पुनःनिर्वाचन अभियानका अनुसार अब अभियानमा ग्रेकोको औपचारिक भूमिका छैन। उनलाई सबै स्वयंसेवी गतिविधिबाट हटाइएको छ।
संघीय जाँचको चर्को निगरानीमा परेपछि ग्रेकोले २०२४ मा सिटी हलको जिम्मेवारीबाट राजीनामा दिएकी थिइन्। पछि उनी पुनःनिर्वाचन अभियानमा स्वयंसेवकका रूपमा आडम्सको टिममा र्फर्केकी हुन। उनी चिनियाँ–अमेरिकी समुदायसँगको सम्पर्क र फन्डरेजिङमा प्रभावशाली मानिन्थिन्।
द सिटीको रिपोर्टअनुसार, ग्रेकोले पत्रकारलाई चिप्सको झोला भुईंमा नराख्न आग्रह गरिरहेकी थिइन्। खाममा कम्तीमा एक सय डलरको एउटा नोट र धेरै बीस डलरका नोट थिए। उनका वकिलले यो घुस नभएर मित्रता भावको संकेत भएको दाबी गरेका छन।
घटना बुधवार (अगस्ट २०) मा भएको हो। स्थानीय मिडियाले इन्ग्रिड लुइस–मार्टिनजस्ता आडम्सक नजिकका सहयोगीमाथि मुद्दा लाग्न सक्ने भनाइहरू समेत सार्वजनिक गरिरहेका छन्।




प्रतिक्रिया