२८ फागुन २०८२, बिहिबार
Thu, Mar 12, 2026
SUBSCRIPTION

उत्तरी न्यु जर्सीमा आएको हल्का भुकम्पको कम्पन न्यूयोर्कमा पनि

राती १० बजेर १८ मिनेटमा आएको भुकम्प ३.० रिक्टर स्केलमा मापन भएको अमेरिकी भूगर्भ विभाग युएसजीएसले जनाएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
उत्तरी न्यु जर्सीमा आएको हल्का भुकम्पको कम्पन न्यूयोर्कमा पनि

 

न्यूयोर्क । उत्तरी न्यु जर्सीमा शनिबार राती भुकम्पको झड्का महशुस भएको छ । सो भुकम्पको कम्पन न्यूयोर्क सिटीमा समेत महशुस भएको थियो । 

राती १० बजेर १८ मिनेटमा आएको भुकम्प ३.० रिक्टर स्केलमा मापन भएको अमेरिकी भूगर्भ विभाग युएसजीएसले जनाएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । भुकम्पको केन्द्रबिन्दु न्युजर्सीको ह्यासब्रुक हाइट्समा करिब १० किलोमिटर भू– सतहको तल केन्द्रित भएको जनाएको छ । उत्तर न्यु जर्सीमा हल्का र कमजोर झट्का महसुस भएको जनाएको छ ।

न्यूयोर्क सिटी आपतकालीन व्यवस्थापन विभागले भुकम्प सामान्य रहेको र कुनै क्षतिको विवरण नआएको जानकारी गराएको छ । सामाजिक सञ्जालमा धेरै मानिसहरूले उक्त समयमा ठूलो आवाज सुनेको र हल्का काँपेको महसुस गरेको बताएका छन्।

उत्तर न्यु जर्सीमा यदाकदा भूकम्प आइरहने र न्यूयोर्क सिटीले यसको प्रभाव महसुस गर्ने घटना असामान्य होइन। गतवर्षको अप्रिलमा न्यूजर्सीमा नै आएको ४.८ रेक्टर स्केल मापनको भूकम्पले न्यूयोर्क सिटीलाई निकै हल्लाएको थियो। उक्त घटनापछि करिब २७ वटा पराकम्पहरु आएका थिए।

प्रतिक्रिया