२८ फागुन २०८२, बिहिबार
Thu, Mar 12, 2026
SUBSCRIPTION

टेक्सास बाढीपिडीतको एक हप्तापछि पनि उद्धार कार्य जारी, मृतकको संख्या १२० नाघ्यो

बेपत्ता व्यक्तिहरूको खोजी दिनदिनै कठिन हुँदै गएको छ, तर राज्य र संघीय अधिकारीहरूले सबै पीडित फेला नपरेसम्म प्रयास जारी राख्ने बताएका छन्। जुलाई ४ को बिहान अचानक आएको भीषण वर्षाले ग्वाडालुपे नदी आसपासका बस्ती र क्याम्पिङ साइटमा ब्यापक क्षेति पुगेको थियो । बाढी सुरु भएको एक हप्ता बितिसक्दा समेत सो क्षेत्रमा जनजीवन सामान्य हुन सकेको छैन ।
टेक्सास बाढीपिडीतको एक हप्तापछि पनि उद्धार कार्य जारी, मृतकको संख्या १२० नाघ्यो

न्यूयोर्क । १ सय २० जना भन्दा बढीको ज्यान जाने गरी मध्ये टेक्सासको केर लगायतका काउन्टीहरुमा आएको बाढीले बेपत्ताहरुको खोजी कार्य विहीबार पनि जारी रोखका छन् । उद्धारकर्मीहरुले ट्रेलर पार्क, क्याबिन र अन्य भग्नावशेषमा खोजी कार्य जारी राखेका छन् । बाढीका कारण राज्यभर अझै १७३ जना बेपत्ता छन्। 
बेपत्ता व्यक्तिहरूको खोजी दिनदिनै कठिन हुँदै गएको छ, तर राज्य र संघीय अधिकारीहरूले सबै पीडित फेला नपरेसम्म प्रयास जारी राख्ने बताएका छन्। जुलाई ४ को बिहान अचानक आएको भीषण वर्षाले ग्वाडालुपे नदी आसपासका बस्ती र क्याम्पिङ साइटमा ब्यापक क्षेति पुगेको थियो । बाढी सुरु भएको एक हप्ता बितिसक्दा समेत सो क्षेत्रमा जनजीवन सामान्य हुन सकेको छैन । 

बाढीबाट सबैभन्दा प्रभावित कैर काउन्टीमा मात्र ३६ बालबालिकाको मृत्यु भएको छ, तीमध्ये धेरैजसो क्याम्प मिस्टिक नामक १०० वर्ष पुरानो इसाई बालिका शिविरका थिए। यसबीच, स्थानीय र राज्य अधिकारीहरूले ग्वाडालुपे नदी किनारमा “फ्ल्यास फ्लड एली” भनेर चिनिने क्षेत्रमा चेतावनी साइरन नहुनुमा आलोचना खेपिरहेका छन्। उप–गभर्नर ड्यान प्याट्रिकले यस्तो क्षेत्रका लागि चेतावनी संकेत आवश्यक रहेको र आगामी ग्रीष्मसम्म ती राखिनुपर्ने बताएका छन्। कैर काउन्टीका शेरिफ लेरी लेइथाले बुधबार पत्रकार सम्मेलनमा भने, “यदि सुधार आवश्यक छ भने सुधार गरिनेछ।” उनले बाढीको तयारी र प्रतिक्रिया प्रक्रियाको पूर्ण समीक्षा गर्ने वाचा गरेका छन्।

गभर्नर ग्रेग एबटले राज्यको बाढीसम्बन्धी तयारी र प्रतिक्रिया प्रणाली सुधार गर्न आगामी विशेष अधिवेशनमा सांसदहरूलाई आह्वान गरेका छन्। उनले बाढीप्रवण क्षेत्रहरूमा प्रारम्भिक चेतावनी प्रणाली र आपतकालीन सञ्चार प्रणालीलाई बलियो बनाउन नीतिगत सुधार गर्न आग्रह गरेका छन्। त्यस्तै, विशेष अधिवेशनमा नशालु ह्याम्प उत्पादनहरूको नियमन, सम्पत्ति कर घटाउने र संघीय निर्वाचन नक्सा पुनः कोर्ने प्रस्तावहरू पनि छलफलमा राखिनेछ।

प्रतिक्रिया