न्यूयोर्क । न्यूयोर्क राज्यका गभर्नर केथी होचुलले म्यानहटन शहरमा लागु गरिएको सवारी साधानको चाप नियन्त्रण योजना कन्जेस्सन प्राइस कार्यक्रमले उल्लेखनीय सफलता हासिल गरेको बताएकी छिन्। कार्यक्रम लागु भएको ६ महिना पुरा भएको अवसरमा आयोजित कार्यक्रममा गभर्नर होचुलले कन्जेस्सन प्राइस लागु भएपछि शुल्का संकलनसंगै सवारी चाप नियन्त्रण, वातवरण र व्यवसायिक क्षेत्रमा समेत सकारात्मक परिणाम देखिएको बताएका हुन् ।
गभर्नर होचुल र एमटीएका अधिकारीहरूले जनाए अनुसार, यो योजनाले नाफा मात्र कमाएको छैन, यातायात घटाएको छ, व्यवसाय फस्टाएको छ र सार्वजनिक यातायातमा चढ्ने यात्रुहरूको संख्या पनि बढेको छ। गत जनवरी ५ बाट लागु हुने गरी एमटीएले यो योजना लागु गरेको थियो । यस योजना अन्तर्गत म्यानहटन सहरको ६१ औं स्ट्रीटभन्दा तल प्रवेश गर्ने सवारी साधानहरुले सवारी प्रकार अनुसार दैनिक ९ देखि १४ डलर सम्मको शुल्क तोकिएको थियो । अमेरिकी शहरहरुमा पहिलो पटक लागु भएको यसप्रकारको शुल्क कार्यक्रम कार्यान्वयनमा धेरैको विरोध र शंका थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै खारेजको घोषणा गरिसकेको यो कार्यक्रमलाई ट्रम्पको घोषणालाई कानूनी चुनौति दिदै न्यूयोर्क राज्यका गभर्नर होचुलले निरन्तरता दिदै आएका छन् । “६ महिनापछि यो स्पष्ट छ — कन्जेस्सन प्राइसिङ एक विशाल सफलता हो। यसले न्यूयोर्कको जीवनस्तर राम्रो बनाएको छ,“ गभर्नर होचुलले भनिन्। “न्यूयोर्कमा हामी ठूला कार्यहरू गर्न हिम्मत गर्छौं, र यो कार्यक्रम त्यसको प्रतिक हो।”
एमटीएका अनुसार, यो कार्यक्रम लागु भएयताको ६ महिनाको अवधिमा यस योजनाबाट कुल २१९ मिलियन डलर आम्दानी भएको छ। यो रकम वर्षको अन्त्यसम्म ५०० मिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर रहेको छ । यो रकम सार्वजनिक यातायात सुधार योजनाका लागि प्रयोग गरिने एमटीएले जनाएको छ। जनवरी ५ यता, दैनिक रूपमा करिब ६७ हजार कम गाडीहरू शुल्क क्षेत्रभित्र प्रवेश गरेको दावी एमटीएको छ । यो योजना लागु भएयता सबवे सवारी पनि गत वर्षको सोही अवधिसँग तुलना गर्दा ७% ले वृद्धि भएको बताइएको छ।
यस योजनापछि शहरको व्यवसाय समेत फस्टाएको दादी गर्दै गभर्नर होचुलले भने, ब्रडवेले ४१.९ बिलियनको टिकट बिक्रीसहित “इतिहासकै सबैभन्दा ठुलो सिजन” अनुभव गरेको छ। एनले क्यामेरा जारी रहने, संघीय सरकारको चुनौतीको सामना गर्ने प्रतिबद्धता दोहोर्याइन् । यो कार्यक्रम बारे संघीय अदालतमा ट्रम्प प्रशासनविरुद्धको कानुनी लडाइँबीच जारी छ।
“हामीले संघीय सरकारबाट पाँच महिना लामो अवैध प्रयासको सामना गरेका छौं, तर हामी जितिरहेका छौं र क्यामेराहरू बन्द हुने छैनन्,” होचुलले भनिन्। एमटीए अध्यक्ष जानो लिबरले बताए अनुसार कार्यक्रमले आफ्नो सबै लक्ष्यहरू—जस्तै ट्राफिक घटाउने, गति वृद्धि गर्ने, ध्वनि प्रदूषण घटाउने—मा सफलता हासिल गरेको छ।





प्रतिक्रिया