२८ फागुन २०८२, बिहिबार
Thu, Mar 12, 2026
SUBSCRIPTION

प्रभावशाली राजनीतिज्ञ बर्नी स्याण्डर्सको जोह्रानलाई समर्थन

प्रभावशाली राजनीतिज्ञ बर्नी स्याण्डर्सको जोह्रानलाई समर्थन

न्यू योर्क। प्रभावशाली राजनीतिज्ञ बर्नी स्याण्डर्सले न्यू योर्क सिटीको मेयर पदमा जोह्रान मम्डानीलाई समर्थन गरेका छन्। सिनेटर समेत रहेका स्याण्डर्सले मंगलबार उनलाई न्यू योर्क सिटीको मेयर पदका लागि औपचारिक रुपमा समर्थन गरेका हुन्।

‘इतिहासको यो खतरनाक मोडमा, पुरानै ढररिको राजनीति अब पर्याप्त छैन।हामीलाई यस्तो नयाँ नेतृत्व चाहिन्छ, जसले शक्तिशाली निगमहरूविरुद्ध उभिन सकून् र श्रमिक वर्गको पक्षमा दृढतापूर्वक लड्न सकून्,’ स्यार्डर्सले औपचारिक समर्थन गर्दै सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्, ‘जोह्रान मम्डानी त्यही दृष्टिकोण प्रस्तुत गर्दैछन्। उनी न्यू योर्क सिटीका मेयरको लागि सबैभन्दा उपयुक्त उम्मेदवार हुन्।’

‘मेडिकेयर फर अल’, ‘ट्युशन फ्री पब्लिक कलेज’, ‘लेबर राइट्स’, ‘क्लाइमेट जस्टिस’ र ‘आर्थिक सुधार अभियान’ जस्ता अभियानका अग्रणी नेतृत्व बर्नी स्याण्डर्स डेमक्रेटिक सोसलिस्ट राजनीतिज्ञ हुन्। उनको समर्थनले न्यू योर्क सिटीका प्रगतिशील मतदाता प्रभावित पार्ने र जोह्रानको राजनीतिक महत्व तथा उचाइ थप बढाउने विश्लेषण गरिन्छ। 

स्याण्डर्स भर्मन्टका प्रगतिशील राजनीतिज्ञ हुन्। ‘मेडिकेयर फर अल’, ‘ट्युशन फ्री पब्लिक कलेज’, ‘लेबर राइट्स’, ‘क्लाइमेट जस्टिस’ र ‘आर्थिक सुधार अभियान’ जस्ता अभियानका अग्रणी नेतृत्व स्याण्डर्स डेमक्रेटिक सोसलिस्ट राजनीतिज्ञ हुन्। उनको समर्थनले न्यू योर्क सिटीका प्रगतिशील मतदाता प्रभावित पार्ने र जोह्रानको राजनीतिक महत्व तथा उचाइ थप बढाउने विश्लेषण गरिन्छ। औपचारिक समर्थन पछि जोह्रानले आफू स्याण्डर्सको बाटो पछ्याउने अभिव्यक्ति दिएका छन्।     

प्रतिक्रिया