२२ जेठ २०८३, शुक्रबार
Fri, Jun 5, 2026
SUBSCRIPTION

बग्दादस्थित अमेरिकी दूतावासमा सुरक्षाका कारण कर्मचारी घटाइने

इस्लामिक आक्रमणको खतराका कारण कर्मचारी कटौति गर्ने निर्णय
बग्दादस्थित अमेरिकी दूतावासमा सुरक्षाका कारण कर्मचारी घटाइने

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इराकको बगदादस्थित दूतावासबाट अत्यावश्यक बाहेकका कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। इस्लामिक आक्रमणको खतराका कारण कर्मचारी कटौति गर्ने निर्णय गरिएको बीबीसीले जनाएको छ।

अमेरिका र इरानबीच हप्तौँ चलेको वार्तापछि ट्रम्प प्रशासनले बग्दाद दूतावासका कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। वार्ताबाट राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार निर्माण रोक्ने सम्झौता गर्न मनाउने अपेक्षा गरिएको थियो। तर, उनले त्यसमा अपेक्षित सफलता हात पार्न सकेका थिएनन्। 

पछिल्लो पटक यसै साता राष्ट्रपति ट्रम्पले कूटनीति नभएर सैन्य समाधानमा जोड दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गरेको ४० मिनेट लामो फोन वार्ता पनि तनावपूर्ण भएको बताइन्छ। यही परिप्रेक्ष्यमा बग्दाद दूतावासबाट कर्मचारी कटौतीको निर्णय भएको हो।

इरानी रक्षामन्त्री अजीज नसिरजदेहले वार्ता असफल भए र ट्रम्प प्रशासनले इस्लामिक देशविरुद्ध सेना परिचालन गरे अमेरिकी ‘बेस’ हरूमा आक्रमण गर्ने अभिव्यक्ति दिएका थिए। साथै, अमेरिकी डिफेन्स सेक्रेटरी पिट हेगसेथले कुवेत र बहराइन लगायतका मध्य पूर्वमा रहेका सेनाका परिवारलाई स्वेच्छाले अमेरिका फर्किने स्वीकृति दिएका थिए। बुधबार कङ्ग्रेसको एउटा समितिमा बयान दिँदै पेन्टागनले इरान आणविक हातहतियारतर्फ अग्रसर रहेको देखिने पर्याप्त संकेत भएको जनाएको छ। 

प्रतिक्रिया