२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

मेयर एडम्सको अधिकार नियन्त्रणको लागि निगरानी संयन्त्र निर्माण गरिने गभर्नरको घोषणा

भ्रष्टचारको मुद्दा खेपिरहेका मेयर एडम्सलाई संघीय कानून विभागमार्फत मुद्दा खारेजीको आदेश गरेपछि थप विवादित बनेका एडम्सलाई पदमुक्त गराउनु भन्दा निगरानी संयन्त्रमार्फत सन्तुलन कायम गर्न खोजिएको गभर्नर होकलको भनाई छ ।
मेयर एडम्सको अधिकार नियन्त्रणको लागि निगरानी संयन्त्र निर्माण गरिने गभर्नरको घोषणा


न्यू योर्क । न्यू योर्क राज्यकी गभर्नर क्याथी होकुलले मेयर एरिक एडम्सलाई तत्काल पदमुक्त नगरी मेयरको अधिकार प्रयोगमा निगरानी संयन्त्र निर्माण गर्ने निर्णय गरेकी छन्। गभर्नर होकलले फेब्रुअरी २० मा पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेकी हुन् । 
भ्रष्टचारको मुद्दा खेपिरहेका मेयर एडम्सलाई संघीय कानून विभागमार्फत मुद्दा खारेजीको आदेश गरेपछि थप विवादित बनेका एडम्सलाई पदमुक्त गराउनु भन्दा निगरानी संयन्त्रमार्फत सन्तुलन कायम गर्न खोजिएको गभर्नर होकलको भनाई छ । सिटी चार्टरको अधिकार प्रयोग गरेर उनलाई पदमुक्त गर्न सकिने भएपनि तत्काल पदमुक्त नगर्ने उनले बताए ।
मेयरको शक्ति प्रयोगमा निगरानीको लागि सिटी कण्ट्रोलर र सिटी काउन्सिलका सभामुखलाई संघीय सरकारसँग कानूनी कारवाही हेर्न अधिकार दिने, राज्य कण्ट्रोलरलाई शहरको वित्तीय निगरानीको अधिकार विस्तार गर्ने र न्यूयोर्क सिटीको गतिविधि हेर्ने गरी विशेष इन्स्पेक्टर जनरलको पद सिर्जना गर्ने गभर्नर होकलले जानकारी गराइन् । नयाँ सिर्जन गरिएको विशेष इन्स्पेक्टर जनरलको पदबाट मेयरको विभागको काममा कुनै पनि हस्तक्षेप भने नगरिने उनले बताए । न्युयोर्क सिटीका नेताहरु, निर्वाचित अधिकारीहरु तथा सामुदायिक र नागयरिक अगुवाहरुसंगको छलफलका आधारमा आफु यस्तो निर्णयमा पुगेको पनि होकलले बताए । 
गभर्नर होकुलले ट्रम्प प्रशासनका विरुद्धमा भने चर्को आक्रोश व्यक्त गरेकी छिन् । “न्यूयोर्कलाई अहिले वासिङ्टनबाट गम्भीर खतरा छ। ट्रम्प प्रशासनले हाम्रो मेयरलाई कानूनी समस्यामा राखेर हाम्रो शहरलाई दबाब दिने प्रयास गरिरहेको छ।“, उनले भनिन् । आफ्नो उदेश्य शहरलाई स्थिर बनाउनु र शान्ति फर्काउनु रहेको भन्दै सिटीका बासिन्दाको सेवा प्रबहामा सुनिश्चित गर्नु रहेको बताए ।
संघीय सरकार, शहर र राज्य बीचको समन्वय र सहकार्य बारे आफु जानकार रहेको बताउदै ट्रम्प प्रशासनबाट समन्वय भन्दा पनि जबरजस्ती भएको बताए । न्यूयोर्कका जनता संघर्ष गर्न तयार रहेको भन्दै आगामी  १ हजार ४३० दिन लड्न तयार रहेको उद्घोष समेत गरिन् । 
मेयर एडम्सले भने गभर्नरको नयाँ कदमलाई कानूनी आधार नभएको र आफ्नो अधिकारलाई सीमित गर्ने कदमको रूपमा आएको प्रतिक्रिया दिएका छन् । 

 

प्रतिक्रिया