२९ पुस २०८२, मङ्गलबार
Tue, Jan 13, 2026
SUBSCRIPTION

ट्रम्पले प्रतिबन्ध रोक्ने घोषणा गरेपछि टिकटक पुनः सञ्चालनमा

टिकटकले आफ्नो पेजमा “वेलकम ब्याक” भन्दै पुनः संचालनको जानकारी गराएको हो । सोही पेजमा टिकटकले राष्ट्रपति ट्रम्पले गरेको प्रयासको परिणाम स्वरुप पुनः संचालनमा आएको जनाएको छ ।
ट्रम्पले प्रतिबन्ध रोक्ने घोषणा गरेपछि टिकटक पुनः सञ्चालनमा

 

न्यूयोर्क । राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत प्रतिबन्ध फुकुवा गर्ने प्रतिबद्धता जनाए लगतै अमेरिकामा पुनः टिकटक संचालनमा आएको छ । आइताबार रातीबाटै बन्द भएको टिकटक झण्डै १२ घण्टाबढी बन्द भएर पुनः संचालनमा आएको हो । 

टिकटकले आफ्नो पेजमा “वेलकम ब्याक” भन्दै पुनः संचालनको जानकारी गराएको हो । सोही पेजमा टिकटकले राष्ट्रपति ट्रम्पले गरेको प्रयासको परिणाम स्वरुप पुनः संचालनमा आएको जनाएको छ । “तपाईको धैर्यता र समर्थनको लागि धन्यवाद, अब तपाईलाई टिकटकमा मनपर्ने सबै चिजहरु निर्माण, साझा र पत्ता लगाउन सकिन्छ,”  टिकटकले आफ्नो पेजमार्फत भनेको छ । राष्ट्रपति निर्वाचित ट्रम्पले सोमबार नै एक कार्यकारी आदेश जारी गर्दै टिकटोकको प्रतिबन्धलाई स्थगित गर्ने बताएका थिए ।

यहाँको सर्वोच्च अदालतले शुक्रबार अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन ढोका खोलिदिएको थियो। त्यससँगै टिकटक प्रतिबन्ध लगाउने कानून सक्रिय हुने बाटो खुलेको थियो। प्रतिबन्ध सँगै टिकटक एप एप स्टोर, गुगल प्ले स्टोर, लेमनएट, क्यापकट लगायतका प्लेटफर्मबाट हटाइएको थियो । सरकारले लगाएको प्रतिबन्ध अमेरिकी संविधानको फस्ट एमेण्डमेन्ट विपरित हुने भन्दै टिकटक सर्वोच्चमा गएको थिए। तर, सर्वोच्चले कंग्रेस (संसद)ले राष्ट्रिय सुरक्षामा टिकटकको ‘तत्थ्याङ्क सङ्कलनु अभ्यास’ र ‘प्रतिद्वन्दी देशसँगको सम्बन्ध’ ले असर पार्ने ठहर गर्दै त्यसलाई प्रतिबन्ध लगाउन गरेको निर्णय फस्ट एमेण्डमेन्ट विपरित नहुने फैसला सुनाएको थियो। उक्त फैसलासँगै टिकटकलाई प्रतिबन्ध लगाउने बाटो खुलेको थियो।

प्रतिक्रिया