२८ फागुन २०८२, बिहिबार
Thu, Mar 12, 2026
SUBSCRIPTION

भीडमा गाडी चलाउने संधिग्द चालक पनि प्रहरीको गोलीबाट मारिए

गाडी चालकलाई गोली प्रहार गरी नियन्त्रणमा लिने क्रममा उनको मृत्यु भएको एफबीआईका अधिकारीहरुले जनाएका छन् ।
भीडमा गाडी चलाउने संधिग्द चालक पनि प्रहरीको गोलीबाट मारिए

 

न्यूयोर्क । लुजियाना राज्यको न्यू ओर्लिन्स शहरमा नयाँ वर्षको उत्सव मनाइरहेका मानिसहरुको भीडमा गाडी कुदाउने संधिग्द चालक प्रहरीको गोली लागि मारिएका छन् । गाडी चालकलाई गोली प्रहार गरी नियन्त्रणमा लिने क्रममा उनको मृत्यु भएको एफबीआईका अधिकारीहरुले जनाएका छन् । सो क्रममा दुई जना प्रहरीलाई समेत गोली लागेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । नयाँ वर्षको उत्वस मनाइरहेका मानिसहरुको भीडमा डेलिभरी ट्रक चलाउदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३ दर्जन भन्दा बढी घाइते भएका छन् । 

नयाँ वर्षको उत्सव मनाइरहेका मानिसहरुको भीडमा विहान सवा तीन बजेतिर उक्त घटना भएको सिटी अफ न्यू ओर्लिनले आफ्नो वेभसाइटमार्फत जानकारी गराएका छन् । स्थानीय उद्धारकर्मीहरुले दुर्घटनापछि उद्धार गरिरहेको र घाइतेहरुलाई नजिकका पाँचवटा अस्पतालहरुमा लगेको पनि वेभसाइटले जनाएको छ । 

न्यू अर्लियन्सका सरकारी अधिकारीहरूका अनुसार दुर्घटना बोरबन स्ट्रिट र क्यानाल स्ट्रिटको चोकमा भएको थियो, जुन शहरको फ्रेन्च क्वार्टरमा पर्छ। यस क्षेत्रको लोकप्रिय नाइटलाइफको कारण यहाँ सधैं ठूलो भीड जम्ने गर्छ । दुर्घटनापछि, घटनास्थलमा प्रहरी र आपतकालीन सेवा वाहनहरू परिचालित भएका छन् । भीडमा गाडी कसले चलाएको र कुन उदेश्यले चलाएको भन्ने अहिले सम्म सार्वजानिक भएको छैन । 
भीडमा अनियन्त्रित रुपमा एक ट्रक दौडाइएर दुर्घनता गराइएको न्यू ओर्लिन्सका प्रहरी सुपरिडेन्ट एनी किर्कप्याट्रिकले जानकारी दिएको द वासिङटन पोष्ट दैनिकको अनलाईन संस्करणले उल्लेख गरेको छ । प्रारम्भिक अनुसन्धानले यो दुर्घटना आतंकवादी गतिविधि नभएको र थप अनुसन्धान जारी रहेको ती प्रहरी अधिकारीले बताएका छन् । 

लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीले सामाजिक संजालमा पोस्ट गर्दै यो घटनालाई “भयानक हिंसा” भनेका छन् र पीडितहरूको लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन्। उनले आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै घटना स्थलबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् । यो घटनाले शहरमा ठूलो शोक र चासोको माहौल सिर्जना गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । घटनको अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया