०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

चौथो हाम्रो मेला सम्पन्न

चौथो हाम्रो मेला सम्पन्न

न्यू योर्क। साना नेपाली ब्यबसायीलाई तथा नेपाली कला संस्कृति प्रबद्र्धन गर्ने उदेश्यले शनिबार न्यू योर्क सिटीको ज्याक्सन हाइट्समा हाम्रो मेला सम्पन्न भएको छ।  

ज्याक्सन हाइटस्गित ७६ स्ट्रिटमा भएको मेलामा कूल ४१ वटा स्टल थिए। ती स्टलमा नेपाली खाना, भेषभुषा, कला, संस्कृतिसँग सम्बन्धित उत्पादन प्रस्तुत गरिएको थियो। मेलामा नेपाली मात्र नभई नेपाली भाषा बोल्ने भुटानी, तिब्बत, भारत लगायत देशका नेपालीभाषी समुदायको समेत सहभागितामा थियो। 

मेलामा नेपालका राष्ट्रिय बक्सिङ खेलाडि असिम लामालाई क्वीन्सबारो प्रेसिडेन्ट डोनोभन रिचर्ड्स्ले सम्मान गरेका थिए। साथै, मेलालाई डिस्ट्रिक्ट ३० प्रतिनिधित्व गर्ने न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागाले पनि सम्बोधन गरेको एकजना आयोजक दीपेन्द्र लामाले बताए।

हाम्रो मेला हरेक वर्ष दुई पटक आयोजना हुन्छ। यसपटक आयोजना गरिएको हाम्रो मेला चौथो हो। 

प्रतिक्रिया